News Portal

  • २ नम्बर प्रदेशमा भाषा बिबाद : जनकपुरमा युवाले जलाए नेताका पुतला

    पत्रपत्रिकाजनकपुर, २४ माघ
    ९०१ पटक
    जनकपुर, २४ माघ

    प्रदेश सरकार गठनको गृहकार्यमा व्यस्त प्रमुख दलहरु संघीय फोरम र राजपाविरुद्ध मंगलबार प्रादेशिक राजधानी जनकपुरमा प्रदर्शन भएको छ ।

    प्रदेशसभाको प्रथम बैठकमा मैथिली भाषालाई उपेक्षा गरेको भन्दै स्थानीय युवाले दुवै पार्टीका शीर्षस्थ नेताहरुले पुतला दहन गरे ।

    मधेसी समुदायको बाहुल्यता रहेको यस प्रदेशमा नेपाली भाषाको विकल्पमा हिन्दी भाषालाई सरकारी कामकाजको भाषा कायम गर्ने पक्षमा मधेस केन्द्रित दल देखिन्छन् ।

    सप्तरीदेखि सर्लाहीको मध्यपूर्वी भागसम्मका भाषा अभियन्ताले भने प्रदेशको नाम मिथिला र सरकारी कामकाजको भाषा मैथिली हुनुपर्ने दावी गर्दै आएका छन् । यसका लागि एक वर्गले निरन्तर आन्दोलनसमेत गर्दै आएको छ ।

    गत आइतबार जनकपुरमा बसेको पहिलो प्रदेशसभा बैठकमा जम्मा ८ जना वक्ता बोलेकामा चारजनाले मैथिली र चारले हिन्दीमा सम्बोधन गरे ।

    कांग्रेस, एमाले र माओवादीका प्रदेश सांसदले मैथिली बोले । पहिचानवादी आन्दोलनको बलमा स्थापित दलका प्रतिनिधिले हिन्दी भाषामा सभामा सम्बोधन गरे ।

    प्रदेशसभाको अधिवेशन सुरुवातमै हिन्दी भाषाको प्रवर्द्धन हुन थालेपछि विरोध गर्नुपरेको स्थानीय युवा विटु पजियारले बताए । (नागरिक दैनिक)

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...