News Portal

  • कोरियामा कार्यरत नेपालीमा मानसिक समस्या बढ्दो

    पत्रपत्रिकाभक्तपुर, २५ माघ
    १४८६ पटक
    भक्तपुर, २५ माघ

    दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न आएको तीन महिना मै मानसिक समस्या देखिएपछि परिवारको अनुरोधमा ओखलढुंगाका एक युवालाई मंगलबार नेपाल फर्काइएको छ ।

    कोरियास्थित नेपाली राजदूताबासका श्रम सहचारी डिल्लीराम बास्तोलाले इन्छन विमानस्थल पुगि उनलाई विमान क्रुको जिम्मा लगाएका हुन् ।

    उनी कार्यरत शहर ख्वागंजुबाट सँगै काम गर्ने साथीसँग सोल आउने क्रममा सम्पर्कविहीन भएपछि उनको सोमबारको विमान छुटेको थियो ।

    मानसिक समस्या देखिएका यी युवाजस्तै अरु धेरै नेपालीलाई यसैगरी नेपाल पठाएको एनआरएनए कोरियाका अध्यक्ष लक्ष्मी लामाले बताइन् । करिब ४ महिनामा एक महिलासहित पाँचजना नेपालीलाई फर्काइएको उनले बताइन् ।

    लिखित तथ्यांक नभए पनि एक दशक अवधीमा यस्ता समस्यामा परेका करिब डेढ सय नेपाली कोरियाबाट फर्केको लामाको दाबी छ । कति त उपचारपछि पुनः कोरिया आई काम गरिरहेको पनि उनले बताइन् ।

    केही समयअघि मानसिक समस्या देखिएका एक महिलालाई नेपाल पठाइए पनि अभिभावकले फेरि कोरिया नै फर्काइ दिएका थिए ।

    त्यस्तै कृषिमा कार्यरत एक युवालाई मानसिक समस्या देखिएपछि नेपाल फर्काउन लाग्दा परिवारले केही दिनपछि आउनु भनेपछि उनले आत्महत्या गरेको दूतावासले जनाएको छ । (कान्तिपुर दैनिक)

    प्रतिकृया दिनुहोस्

    आज ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस

    ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस देशभर विभिन्न कार्यक्रम गरी  मनाइदै छ । साक्षर बन्ने र...

    सर्वोच्चको फैसला पुनरावलोकनका लागि पहल गर्न प्रचण्डलाई आफ्नै पार्टीको ६ बुँदे पत्र

    नेकपा (माओवादी केन्द्र) को काठमाडौं उपत्यकाका तीनै वटा जिल्लाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च...

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८१

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०८१ को आदर्श बाक्यको मुख्य साराशं बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्पारिक समझदारी र...

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...