News Portal

  • वडा सदस्यमा हार : रास्ट्रिय सभामा जीत

    पत्रपत्रिका
    ८८९ पटक

    राष्ट्रिय सभा सदस्य निर्वाचनमा कालिकोटका नरपति लुहार विजयी भएका छन् । उनी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा रास्कोट नगरपालिका ८ को वडा सदस्यमा पराजित भएका थिए ।

    माओवादी केन्द्रका उम्मेदवारसँग ४ मत अन्तरले पराजित लुहारले राष्ट्रिय सभा निर्वाचनमा ३ हजार ६ सय ६६ मतभार प्राप्त गरे । ०४७ सालमा एमालेमा आबद्ध उनी हाल जिल्ला कमिटीको सचिवालय सदस्य हुन् । ०४४ सालमा उपप्रधानपञ्च, ०५४ सालमा एमालेबाट तत्कालीन फुकोट गाविसको वडाध्यक्ष निर्वाचितभएका थिए ।

    सशस्त्र द्वन्द्वकालमा ८ वर्ष भारत निर्वासित भएका उनी शान्ति स्थापनापछि भारतबाट फर्केर एमालेको राजनीतिसँगै जातीय विभेदविरुद्ध सामाजिक गतिविधिमा संलग्न रहे । राष्ट्रिय सभामा विजयी भएपछि लुहारले जातीय विभेदको चपेटमा परेको दलित समुदायको पक्षमा निरन्तर आवाज उठाउने प्रतिक्रिया दिए । ‘म दलित हुँ । मेरो समुदायले भोगेको पीडा मजति अरूलाई थाहा छैन’, उनले भने, ‘राष्ट्रिय सभामा पुगेको छु । सिंगो दलित, उत्पीडित समुदायको हकहितमै आफ्नो समय खर्चिन्छु ।’यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...