News Portal

  • भक्तपुरमा चिनिया पर्यटकले कुटे कर्मचारी : एक तल्ला माथिको प्रहरी आउन लाग्यो आधा घण्टा

    संजीप शुभचिन्तकभक्तपुर, २५ माघ
    ३४८७ पटक
    भक्तपुर, २५ माघ

    पर्यटकीय नगर भक्तपुरमा बिहीवार चिनिया पर्यटकको कुटाइबाट नगरपालिकाकी एक कर्मचारी घाइते भएकी छन् । ब्यासीमा प्रवेश शुल्कको बिषयमा बिबाद हुदा कर्मचारी कुटिएकी हुन् ।

    साँझको करीब ५ बजेतिर ब्यासीमा कर्मचारी र पर्यटकको बिबादले बटुवाहरु बिलखबन्दमा परेका देखिन्थे । पर्यटक ‘यु थिफ्’ भन्दै कर्मचारी माथि जाइलाग्थे भने कर्मचारी ‘ दिस इज माइ कन्ट्री , यु नो’ भन्दै प्रतिवाद गर्थिन् ।

    दुवै पक्ष पुलिस बोलाएर ‘अरेस्ट’ गराइदिने भन्दै चिच्याउथे तर बिडम्बना प्रहरीको कतै अत्तोपत्तो नै थिएन । २०-२५ मिनेट सम्म पनि प्रहरी नआएपछि बटुवालाई झगडा थाम्न हम्मे हम्मे परेको थियो ।
    पर्यटकसंग शुल्क असुल्ने नगरपालिकाको कार्यालयकै दोश्रो तलामा पर्यटक प्रहरीको कार्यालय छ तरपनि प्रहरीको उपस्थिति नहुदा ब्यासीमा झगडा हेर्नेहरुको ठुलै मेला लागेको थियो ।

    बाटोमै भएको झगडा अन्य पर्यटक समेत क्यामेरमा कैद गर्न तल्लिन भएका थिए । झगडा साम्य हुने छाँटकाँट नदेखिएपछि बटुवा मध्यस्तकर्ता भैरहने की आफ्नो बाटो तताउने बिलख बन्दमा परेका देखिन्थे ।

    २०-२५ मिनेट पछि महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक कृष्ण प्रसाइको गाडी त्यही बाटो भएर कुद्यो । प्रसाइले गाडीबाटै घम्साघम्सी हेरेपछि पर्यटक प्रहरीलाई बोलाए । आफ्नै आगनमा भएको कुटाकुटमा करीब आधा घण्टापछि उपस्थित भयो  प्रहरी र मध्यस्थता शुरु गर्यो ।

    ३ जनाको समुहमा रहेका चिनिया महिला पर्यटकहरु मध्य १ ले पुरानो मितिको टिकट देखाएकोले आफुले रोक्न खोजेको नगरपालिकाकी कर्मचारीले इभक्तपुरसंग दावी गरिन् । आफुले रोक्न खोज्दा आफूमाथि आक्रमण भएको उनको भनाइ छ । चिनिया महिला पर्यटकहरुले उनलाई हातपात मात्र गरेनन् । हातमा टोकेर रगताम्मे नै पारेका छन् ।

    घटना बारे बुझ्न खोज्दा पर्यटक प्रहरीले इभक्तपुरकर्मीलाई बार्तामा प्रवेश गर्न दिएन । घटनाको बास्तविकता समेत प्रहरीले बताउन चाहेन । ” ५ बजेनै सई साब घर गैसक्नु भयो । अहिले हल्दार साबले केस हेर्दैहुनुन्छ । भोली सई साब् आएपछि आउनु है विवरण लिन ” एक जवानले आदेश गरे ।

    पर्यटन जस्तो संबेदनशील बिषयमा भक्तपुरमा खटिएको पर्यटन प्रहरीको ढिलासुस्ती र हल्का व्यवहारले गर्नेलाई भन्दा हेर्नेलाई लाज भएको स्थानीय राजाराम सुवाल बताउछन् । नगरपालिका कर्मचारी पनि संयमित हुनुपर्नेमा उत्तेजित हुदा घटनाले उग्र रुप लिएको उनको बुझाइ छ ।

     

    अनुरोध : इभक्तपुरको फेस बुक पेज लाइक गरेर तपाई फेस बुकमा पनि हामीसंग जोडिन सक्नुहुनेछ ।

    https://www.facebook.com/ebhaktapur/

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...