News Portal

  • प्रदेशमा तत्कालै ३ सय ३६ गाडी आवश्यक

    काठमाडौं, २७ माघ
    ११४१ पटक
    काठमाडौं, २७ माघ

    प्रदेश १ मा ५० गाडी आवश्यक, १३ वटा पठाउने तयारी
    काठमाडौं। प्रदेश १ मा तत्काल ५० गाडी आवश्यक पर्ने देखिएको छ । त्यसमध्ये केन्द्र सरकारले १३ वटा गाडी उपलब्ध गराउने भएको छ । बाँकी गाडी प्रदेशअन्तर्गतका जिल्लाबाट व्यवस्थापन गर्नुपर्ने स्थिति रहेको प्रमुख सचिव यादव कोइरालाले बताए । अहिले प्रदेशमा एउटा पनि गाडी नभएको उनको भनाइ छ ।

    मुख्यमन्त्रीसहित मन्त्रिपरिषद्को कार्यालयलाई कम्तीमा ६ वटा गाडी आवश्यक पर्ने कोइरालाले बताए । ती गाडी मुख्यमन्त्री, मुख्यमन्त्री कार्यालयका एक प्रमुख सचिव, दुई सचिव र अन्य दुई गाडी कार्यालय प्रयोजनका लागि हो । मुख्यमन्त्री कार्यालयले तत्काल रहने ६ मन्त्रालयमा हरेकलाई चारवटाका दरले २४ वटा गाडी आवश्यक पर्ने जनाएको छ । सभामुख र उपसभामुख, संसद् सचिवालयका सचिव र कार्यालय प्रयोजनका लागि पाँचवटा गाडी चाहिन्छ । प्रमुख विपक्षी दलका नेता, संसदीय समितिका सभापति र कार्यालयहरूका लागि अतिरिक्त गाडी आवश्यक पर्नेछ ।

    प्रदेश २ मा ३५ गाडी आवश्यक, १४ वटा दिने निर्णय
    प्रदेश २ मा तत्काल ३५ गाडी आवश्यक पर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यो प्रदेशमा प्रमुख सचिवसहित १० सचिव छन् । उनीहरूका लागि एक–एकवटा गाडी व्यवस्थापन गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुँयालले बताए ।

    प्रदेश २ मा २१ जनासम्म मन्त्री हुन सक्ने अनुमान गरेर गाडी व्यवस्थापन गर्ने प्रयास भइरहेको छ । सचिव फुँयालले तत्काल मुख्यमन्त्रीसहित अन्य ६ जना मन्त्री, सभामुख, उपसभामुख, संसदीय समितिका सभापति र विपक्षी दलका नेताका लागि ३५ वटा गाडी आवश्यक परेको बताए । त्यसलगत्तै मन्त्रालय, मुख्यमन्त्रीको कार्यालयमा थप ४० वटा गाडी आवश्यक पर्ने उनको भनाइ छ । त्यसमध्ये अहिलेसम्म केन्द्रीय सरकारले १४ वटा गाडी दिने निर्णय गरेको छ । प्रदेशअन्तर्गतका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई भनेर थप २४ वटा गाडी व्यवस्थापन गरिएको फुँयालले बताए ।

    प्रदेश ३ मा ५९ गाडी आवश्यक, ३ वटा मात्र व्यवस्थापन

    प्रदेश ३ मा तत्काल ५९ गाडी आवश्यक पर्ने देखिएको छ । तीनवटा गाडी मात्र व्यवस्थापन भएको छ । प्रमुख सचिव रेश्मीराज पाण्डेले मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, प्रमुख सचिव र सचिवहरूका लागि तत्काल गाडी व्यवस्थापन गर्न लागिएको बताए ।

    प्रदेश ४ का लागि ३० गाडी आवश्यक, १२ वटा पठाउने तयारी
    प्रदेश ४ का लागि तत्काल ३० वटा गाडी आवश्यक पर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव फणीन्द्रमणि पोखरेलले बताए । तर, अहिलेसम्म मुख्यमन्त्रीका लागि मात्र गाडीको व्यवस्थापन हुने सकेको छ । यस्तै, प्रति मन्त्रालय तीनका दरले ६ मन्त्रालयलाई १८ वटा गाडी आवश्यक रहेको उनले बताए । संसद् सचिवालय, सभामुख, उपसभामुख, विपक्षी दलका नेताका लागि एक–एकवटा गाडी आवश्यक पर्नेछ । सरकारले १२ वटा गाडी पठाउने तयारी गरेको छ । अहिले प्रदेश कार्यालयले क्षेत्रीय प्रशासनको तीनवटा गाडी प्रयोग गरिरहेको छ ।

    प्रदेश ५ मा ४० गाडी आवश्यक, २ वटा मात्र उपलब्ध

    प्रदेश ५ मा अहिलेसम्म कतिवटा गाडी आवश्यक पर्छ भन्ने निश्चित भइसकेको छैन । केन्द्र सरकारले तत्काल सातवटा गाडी पठाउन लागेको पत्र प्राप्त भएको मुख्यमन्त्री कार्यालयका सचिव जितेन्द्र काफ्लेले बताए । प्रमुख सचिव काठमाडौंमा रहेकाले आवश्यक गाडीको संख्या निश्चित गर्न नसकेको उनको भनाइ छ । उनले ६ वटा मात्र मन्त्रालय रहेको स्थितिमा करिब ४० वटा गाडी तत्काल व्यवस्थापन गर्नुपर्ने बताए । तर, मन्त्रालयको संख्या वृद्धि भएमा त्यहीअनुसार गाडी संख्या थप्नुपर्ने उनको भनाइ छ । सचिव काफ्लेले प्रदेशमा अहिले जम्मा दुईवटा गाडी रहेको बताए ।

    प्रदेश ६ मा ३५ गाडी आवश्यक, केन्द्रसँग १५ वटा माग
    प्रदेश ६ ले तत्कालका लागि ३५ वटा गाडी आवश्यक पर्ने बताएको छ । त्यसमध्ये केन्द्र सरकारसँग १५ वटा गाडी मागेको प्रमुख सचिव सुरेश प्रधानले जानकारी दिए । बाँकी गाडी प्रदेशअन्तर्गतकै कार्यालयबाट व्यवस्थापन गर्ने उनले बताए । प्रदेश ६ ले तत्कालका लागि मुख्यमन्त्री, मन्त्री, सभामुख उपसभामुख, विपक्षी दलको नेता, प्रमुख सचिव र मन्त्रालयका सचिवहरूलाई मात्र गाडी उपलब्ध गराउने भएको छ ।

    प्रदेश ७ मा ४५ गाडी आवश्यक, ४ वटा मात्र उपलब्ध
    प्रदेश ७ ले सुरुकै दिनमा कम्तीमा ४५ वटा गाडी आवश्यक पर्ने जनाएको छ । त्यसमध्ये मुख्यमन्त्री र मन्त्रीहरूका लागि आवश्यक पर्ने गाडीका लागि केन्द्र सरकारको भर परेको मुख्यमन्त्री कार्यालयका सचिव प्रदीपराज कँडेलले बताए । ४५ वटा गाडी मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्री, सभामुख–उपसभामुख, प्रमुख सचिव, सचिवहरूलाई उपलब्ध गराइनेछ । तर, अहिलेसम्म चारवटा मात्र गाडी उपलब्ध भएको कँडेलले बताए । प्रदेश ७ मा ११ जना मन्त्री भएमा कम्तीमा ४५ वटा गाडी आवश्यक पर्ने उनको भनाइ छ। (नयाँ पत्रिका)

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...