News Portal

  • बिहेकै रात बच्चा जन्मिएपछि….

    पत्रपत्रिकासिरहा, २९ माघ
    १७२३ पटक
    सिरहा, २९ माघ

    सुन्दा पनि अच्चम लाग्छ। तर, यथार्थ हो। बिहे गरेर घर भित्र्याएकै दिन बेहुलीले बच्चा जन्माइन्। यो सिरहा सुखिपुर नगरपालिका ४ को घटना हो। स्थानीय उमेश मोचीले बिहे गरेर घर ल्याएकै दिन दुलहीले बच्चा जन्माइन्। यो घटना अहिले चर्चाको विषय बनेको छ।

    उमेशले बरियारपट्टी गाउँपालिका-३ शिवनगरकी शोभा रामसँग यही माघ २५ मा जन्ती लगेर धुमधामका साथ विवाह गरेका हुन्। तर, उनले विवाहको हरेक प्रक्रिया पूरा गर्दा पनि दुलही गर्भवती रहेको थाहा पाएनन्। बिवाहकै रात दुलहीले छोरा जन्माइन्। त्यसपछि उनी आश्चर्यमा परे।

    केटाले पहिल्यैदेखि प्रेम गरेको र बिहे गरेको केही महिनामै सन्तान जन्मिएका घटना थुप्रै छन्। अझ कतिपयले त सन्तान भएपछि विवाह गरेका घटना पनि समाजमा देखिन्छन्। तर, उमेश भने ठूलो फन्दामा परे। उनले बिहे गरेकी केटीसँग प्रेम पनि गरेका थिएनन्। तर, बिहे गरेर घर भित्र्याएकै दिन दुलहीले बच्चा जन्माएपछि गाउँमा मात्र होइन् देश विदेशमा चर्चा चुलिएको छ। यो घटनाले उमेशका परिवार लज्जित बनेको स्थानीय एक युवकले अन्नपूर्णलाई बताए। उनका अनुसार उमेश लाजले घरबाट निस्कन समेत मानेका छैन्।

    बिहे गरेर घरमा भित्रिएकै दिन बच्चा जन्माएकी शोभा भने समस्यामा परेकी छन्। उनलाई श्रीमानले नराख्ने भनेपछि समाजले बिहेकै भोलिपल्ट माघ २७ गते माइत पठाएका छन्। शोभा घर फिर्ता भएपछि समाज तनावमा परेको स्थानीय नथुनी रामले बताए। उनले भने, ‘युवती हेरेर बिहे भयो। तर, कसैले थाहा पाएन। यो नै आश्चर्यको कुरा हो।’

    उनले भने, ‘शोभासँग सोधपुछ गर्दा छिमेकी युवक उमेशसँग प्रेम गरेको र उनीसँगै यौनसम्बन्ध राख्दा गर्भ बसेको बताइन्। त्यसपछि अहिले शोभालाई उमेशको घर पठाएका छन्।’ उनले युवती जो युवकसँग प्रेम गरेका थिए, ति युवक साउदी पुगेका कारण समस्या सिर्जना भएको बताए। प्रेम गरेर गर्भवती बनाएका युवक उमेशले आफूले आएपछि बिहे गर्ने भनेर फोनमा प्रतिबद्धता समेत जनाएको उनले बताए।

    प्रेम गरेर गर्भ बसालेका उमेशका बुबा राजकुमार मोची र शोभाका बुवा रामवली रामले ठूलो गल्ती गरेको निष्कर्ष निकाल्दै समाजले दुबै जनालाई जरिवाना गरेका छन्। युवतीका बुबासँग २ लाख ५० हजार र गर्भवती बनाएका युवकका बुबाासँग २ लाख रुपैयाँ जरिवाना गरेको उनले बताए।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...