News Portal

  • काँग्रेसका १७ भाग्यमानी जो दोहोरिए बने सांसद

    पत्रपत्रिकाकाठमाडौँ, २ फागुन
    १२३९ पटक
    काठमाडौँ, २ फागुन

    नेपाली कांग्रेसले पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सूचीबाट सांसद् बनेका १७ नेतालाई फेरि दोहोर्‍याएको छ।

    पार्टी केन्द्रीय समितिले समानुपातिकतर्फ नेत्री सुजाता कोइराला बाहेक अन्यलाई नदोहोर्‍याउने निर्णय गरेपनि कांग्रेसले १० नेताको नाम दोहोर्‍याएको हो।

    कांग्रेसले सोमबार निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फ अन्तिम सूचीमा सुजाता कोइराला, चित्रलेखा यादव, मानबहादुर विक, मीन विक, मीनाक्षी झा, दीपशीखा शर्मा, महेन्द्रकुमारी लिम्बु, मीना सुब्बा, उमेश श्रेष्ठ र सुजाता परियार निर्वतमान सांसद् हुन।

    समानुपातिक सूचीबाटै २०६४ मा सांसद् बनेका जिपछिरिङ लामा, हीरा गुरुङ, मीना पाण्डे, उमा रेग्मी, लक्ष्मी परियार र विमला नेपाली फेरि सोही कोटाबाट सांसद् बनाउन कांग्रेसले सिफारीस गरेको छ।

    दोस्रो संविधानसभामा निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित सीतादेवी यादव, बालकृष्ण खाँण, बहादुरसिंह लामा, पार्वती डिसी चौधरी, पद्मनारायण चौधरी, ज्ञानकुमारी छन्त्याललाई यस पटक कांग्रेसले समानुपातिकबाट सांसद् बनाउनका लागि सिफारीस गरेको हो।

    दोस्रो संविधानसभाको प्रत्यक्षतर्फ पराजीत पुष्पा भुसाल, दिलेन्द्रप्रसाद बडूसहितलाई कांग्रेसले यस पटक समानुपातिकतर्फको अन्तिम सूचीमा समेटेको छ ।

    किशोरसिंह राठौर, डिला संग्रौला, सर्वत आरा खान, प्रकाश रसाइलीसहितका कांग्रेस नेताहरु पहिलो पटक अन्तिम सूचीमा अटेका हुन। प्रत्यक्षतर्फ २३ सिटमा खुम्चेको कांग्रेसले समानुपातिकतर्फ भने ४० सिट जितेको छ। (नागरिक दैनिक)

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...