News Portal

  • २१ नगरपालिकाको टीम भक्तपुरमा : बिहीवार मेयर कप भलिबल प्रतियोगिताको उद्घाटन हुँदै

    इभक्तपुर संवाददाताभक्तपुर, २ फागुन
    १०९९ पटक
    भक्तपुर, २ फागुन

    भक्तपुरमा बिहीवार मेयर कप भलिबल प्रतियोगिताको उद्घाटन हुने भएको छ । भक्तपुर नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगिता भोलीबाट शुरु हुन लागेको हो ।

    नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नेता नारायणमान बिजुक्छेले प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक श्याम कृष्ण खत्रीले जानकारी गराएका छन । शहिद स्मृति खेल मैदानमा बिहान ९ बजे उद्घाटन कार्यक्रम राखिएको छ । त्यस अघि बिहान ७:३० बजे दत्तात्रयमा भेला भै र्यालीमा सहभागी हुन खेलप्रेमीहरुलाई नगरपालिकाले अनुरोध समेत गरेको छ ।

    उक्त प्रतियोगितामा देशभरका २१ नगरपालिका सहभागी हुने बताइएको छ । इभक्तपुरसंग कुरा गर्दै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले यस्तो खाले प्रतियोगिताले खेल र खेलाडीको बिकास हुनुका साथै  नगरपालिकाहरुको दुरी पनि घट्ने र भाइचारा बढ्ने बिश्वास व्यक्त गरेका छन् ।

     

    हाम्रो फेसबुक पेज लाइक गरेर तथा ट्वीटरमा फलो गरेर सामाजिक संजालमै पनि समाचार प्राप्त गर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्

    नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले...

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको...

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले)...

    साना करदातालाई राहत : वार्षिक १ करोडसम्म कारोबार गर्नेले मासिक विवरण पेश गर्नु नपर्ने

    chicken station radheradhe

    साना करदातालाई बजेटले राहत दिएको छ । मूल्य अभिवृद्धि कर(भ्याट) मा दर्ता भई वार्षिक एक...

    १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

    सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ...