News Portal

  • यसकारण खुसी भए पूर्वराष्ट्रपति यादव

    पत्रपत्रिकामोरङ, ४ फागुन
    ९७५ पटक
    मोरङ, ४ फागुन

    पूर्वराष्ट्रपति डा रामवरण यादवले आफूले जारी गरेको संविधान मधेसवादीलगायत सबैतह, तप्काले स्वीकार गरी कार्यान्वयन भएकामा अत्यन्तै खुसी लागेको बताएका छन् ।

    विराटनगरस्थित कोइराला निवासमा बिहीबार पत्रकारसँग कुरा गर्दै उनले जनताको नासो जनतालाई नै सुम्पन पाएकामा खुसी लागेकोबताए । ‘अबको सरकारले मुलुकमा पूर्ण अवधिसम्म काम गर्नेछ,’ उनले भने । सरकारले विपक्षीलगायत सबै दललाई मिलाएर देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नेमा आफू विश्वस्त रहेकोसमेत बताए ।

    अहिलेको उपलब्धि प्राप्त गर्न ७० वर्ष लागेकाले यसको संरक्षणका लागि जनताको हितमा काम गर्न उनले आग्रह गरे । ‘अब यहाँका स्रोत र साधन परिचालन गरेर मुलुकलाई समृद्धितर्फ लग्न सुशासन र पारदर्शी तरिकाले कानुनी शासन स्थापना हुनुपर्छ,’ उनले भने ।

    संविधान जारी गर्ने समयमा अझै केही मन्थन गर्न आफूले सुझाव दिएको सम्झिँदै यादवले भने, ‘यो संविधानमा केही त्रुटि भएकैले सरकार गठनमा ढिलाइ भएको हो ।’

    आफू लोकतन्त्रको माध्यमबाट आएको र त्यसप्रति समर्पित भएकाले ९० प्रतिशत सभासदको हस्ताक्षरयुक्त संविधान जारी गरेको बताए ।

    अब जित्नेले घमण्ड नराखी र हार्नेले हतोत्साही नभई सबै मिलेर हिमाल, पहाड, तराई मधेसका सबैलाई समायोजन गर्दै समस्या समाधानमा क्रियाशील भए देश सफल हुनेमा उनले विश्वास व्यक्त गरे ।

    देश अब सफलतातर्फ अगाडि बढनेमा आफू ढुक्क रहेको उनको भनाइ थियो । (कान्तिपुर दैनिक)

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...