News Portal

  • यस्तो छ प्रदेश पदाधिकारीको तलब र सुविधा

    पत्रपत्रिकाकाठमाडौँ, ५ फागुन
    ८८२ पटक
    काठमाडौँ, ५ फागुन

    सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ । सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ । यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ ।

    प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात वटा मन्त्रालय छन्। त्यसअनुसार सातै प्रदेशमा मुख्यमन्त्री र ६ वटा मन्त्रालयमा ४२ जना मन्त्री रहनेछन्। प्रदेशमा राज्यमन्त्री र सहायक मन्त्री भने नियुक्त भएका छैनन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

    यसैगरी, प्रदेशसभाका सभामुखको मासिक तलब ५३ हजार र उपसभामुखको ५० हजार कायम गरिएको छ भने विपक्षी दलका नेताको पनि ५० हजार नै कायम गरिएको छ । विपक्षी दलको प्रमुख सचेतक, सत्तापक्षको प्रमुख सचेतक र सभापतिलाई मासिक ४८ हजार रुपैयाँ तलबमान कायम गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    यस्तै, प्रदेशसभाका सदस्यको मासिक तलबमान ४५ हजार कायम गरिएको छ । प्रदेशका मुख्यमन्त्रीलाई आवासको व्यवस्था गरिएको छ भने मन्त्रीलाई आवासको सट्टा मासिक १२ हजार दिइनेछ । यसैगरी, मुख्यमन्त्रीले फर्निचरबापत एकमुष्ट १५ हजार र दैनिक भ्रमणभत्ता २५ सय पाउनेछन् भने मन्त्रीहरूलाई दुई हजार भत्ता दिइने भएको छ ।

    प्रदेश पदाधिकारीको सुविधा
    मुख्यमन्त्री
    तलब :६०९७०
    फर्निचर :१५०००
    धारा, सञ्चार :बिलअनुसार
    आवास व्यवस्था, दैनिक भत्ता :२५ सय
    सवारीसाधन

    मन्त्री
    तलब :५२०००
    फर्निचर :१५ हजार
    धारा, बिजुली र सञ्चार :बिलअनुसार
    आवास :मासिक १२ हजार, दैनिक भ्रमण भत्ता :२ हजार
    सवारीसाधन

    सभामुख
    तलब :५३ हजार
    फर्निचर :१५ हजार
    बैठक भत्ता :७५०
    यात्रा बिमा :१० लाख

    विपक्षी दलका नेता÷उपसभामुख
    तलब :५० हजार
    बैठक भत्ता :७५०
    सञ्चार सुविधा :मासिक १५ सय
    आवास सुविधा :मासिक १२ हजार
    फर्निचर :१५ हजार
    यात्रा बिमा :१० लाख

    प्रदेशसभा सदस्यको मासिक
    तलब :४५ हजार
    आवास सुविधा :१२ हजार,
    फर्निचर सुविधा १५ हजार पाँच
    वर्षमा एकपटक, यात्रा बिमा १० लाख

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...