News Portal

  • विद्यार्थी कुट्ने शिक्षकलाई के गर्ने ? ढिला गरेको भए हातै काट्नु पर्थ्यो–चिकित्सक

    पत्रपत्रिकागोरखा, ६ फागुन
    ८७९ पटक
    गोरखा, ६ फागुन

    गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् । विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् । पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रेसन गरिएको छ ।

    कार्कीलाई शिक्षक भरतमणि तिमल्सिनाले ढाडमा लठीले कुटेको र तेस्रोपटकमा रोक्न खोज्दा हातको औँलामा लागेर पूरै हात सुन्निएको उनका अभिभावकले बताए ।

    हातै नचल्ने अवस्था भएपछि कार्कीलाई काठमाडौं कलंकीस्थित सहिद मेमोरियल अस्पताल भर्ना गरेर अप्रेसन गरिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार केही दिन ढिलाइ गरेको भए कार्कीको हात नै काट्नुपर्ने अवस्था आउने थियो ।

    काकासँग बस्दै आएका कार्की हजुरआमा बिरामी भएपछि स्कुल नगई घरमै बसेका थिए । १८ माघमा स्कुल गएका उनलाई शिक्षकले कुटपिट गरेको विद्यार्थी र अभिभावकले बताएका छन् ।

    ‘साथीहरूले आमा बिरामी भएर नआएको हो, नकुट्नुस्भन्दा आमा बिरामी भनेर स्कुल नआउन पाइन्छ भन्दै कुट्नुभयो,’ पीडित कार्कीले भने । काका सूर्यबहादुरले सुपारे विद्यालय आउन नपाएको भन्दै उनका साथीहरूलाई स्कुलमा चिठी पठाए पनि शिक्षक तिमल्सिनाले कुटपिट गरेको बताए ।

    ढिला गरेको भए हातै काट्नुपथ्र्यौ – चिकित्सक
    कार्कीको उपचारमा संलग्न सहिद मेमोरियल अस्पतालका निर्देशक तथा अर्थोपेडिक्स सर्जन डा। दीपकल श्रेष्ठले हात निकै सुन्निएको अवस्थामा उनी उपचारका लागि भर्ना भएको बताए । ‘सुन्निएको बढ्दै जाँदा रगत सर्कुलेसन हुँदैन, केही ढिला भएको भए हातै काट्नुपथ्र्यो,’ डा श्रेष्ठले भने, ‘पिप जमिसकेको थियो, पहिले बच्चाको हात जोगाउनुपर्छ भनेर अप्रेसन गरेंँ । अहिलेसम्म एक रुपैयाँ पनि लिएको छैन ।’ ठोक्किएर वा कुटपिटबाट मात्र यस्तो अवस्था आउने उनले बताए ।

    कारबाही गर्न उजुरी
    विद्यार्थी कार्कीका आफन्तले कुटपिट गर्ने शिक्षक तिमल्सिनालाई कारबाही गर्न माग गर्दै महानगरीय प्रहरी वृत्त कालीमाटीमा निवेदन दिएका थिए । कालीमाटीले गोरखा प्रहरीलाई कारबाहीका लागि जानकारी गराएको छ ।

    आरुघाट गाउँपालिका मान्बुका प्रहरी हवल्दार टोपबहादुर थापाले शिक्षकले कुटपिट गरेको बताउँदै विद्यालय खर्च बेहोर्न सहमत भएको बताए । उनका अनुसार शिक्षकले विद्यार्थीको पाता ९ढाड० मा हान्दा हातले रोक्न खोजेको र त्यही बेला औँलामा लागेर समस्या भएको भन्ने बुझिएको जानकारी दिए । शिक्षक काठमाडौं गएको र फर्केपछि छानबिन हुने उनले बताए ।

    बदनाम गराउन खोजियो – प्रधानाध्यापक
    विद्यालयका प्रधानाध्यापक काजीराम कार्कीले आफ्नो विद्यालयलाई बदनाम गराउन खोजिएको दाबी गरे । शिक्षकले ढाडमा कुटेको र हातमा समस्या देखिएको आरोप लगाएपछि घटना शंकास्पद भएको उनको भनाइ छ ।

    १९ माघको घटना २३ गते मात्र जानकारी भएको कार्कीले बताए । विद्यार्थीले शिक्षकले कुटेर समस्या भएको भन्दै कहीँ पनि उजुरी नगरेको उनको दाबी छ ।

    उपचारका लागि काठमाडौं पुगेपछि धम्काउने शैलीमा खर्च बेहोर्न र शिक्षक निकाल्न फोन आउने गरेको बताए । ‘विद्यार्थी हाम्रो हो, बाबुले उपचार नगरे हामीले गर्छौं, तर, तुरुन्त एक लाख चाहियो भन्दै धम्काउनु भएन, सुपारे भाइले सरले मलाई ढाडमा कुटेको भनेका छन्,’ प्रधानाध्यापक कार्कीले भने । (नयाँ पत्रिका दैनिक)

    प्रतिकृया दिनुहोस्

    सिडिओ छोडेर भक्तपुरको प्रमुख प्रशासकीय अधिकृतमा भट्टराई

    निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन्...

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...

    भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरको न्यानाे ज्याकेट

    प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । भूकम्पबाट पालमुनि...

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...