News Portal

  • तीस वर्षदेखि जंगलको बास

    पत्रपत्रिकाराैतहट, ७ फागुन
    ९५७ पटक
    राैतहट, ७ फागुन

    रौतहटको चन्द्रपुर नगरपालिका–६ लमाहाको जंगलमा १४ घरधुरीको सानो बस्ती छ । घरमा प्रायस् युवा भेटिंदैनन् । उनीहरू काठमाडौंका चिम्नी उद्योगमा काम गर्छन् । महिला र वृद्धवृद्धा घर कुरुवाका रूपमा बसेका छन् । ३० वर्ष पुरानो यही बस्तीमा शनिबार झोक्राइरहेको अवस्थामा भेटिइन्, ४० वर्षीया फूलमाया पहरी ।

    २०४४ मा मकवानपुरको डाङडुंगे गाउँबाट बस्ती हटाइएपछि उनको परिवार जंगलमा झुपडी बनाएर बसेको हो । ‘हुने खानेलाई सरकारले जमिन दिएर राख्यो,’ उनले भनिन्, ‘हामी गरिबलाई कसले के दिन्छ र ? पक्षमा बोली दिने कोही नभएपछि जंगलको बास भयो ।’

    त्यसबेला हारगुहार गर्दा पनि जमिन नदिएको उनको गुनासो छ । उनका २ छोरा काठमाडौंमा पेन्टरको काम गर्छन् । १४ वर्षीया छोरी पनि चिम्नी भट्टामा काम गर्न उतै गएकी छन् । श्रीमान् दिलबहादुरको ६ वर्षअघि पत्थरीले मृत्यु भएपछि परिवारमा आर्थिक संकट झनै चुलिएको छ ।

    उनको मात्र होइन, बस्तीका अधिकांशको आर्थिक अवस्था दयनीय छ । सबै घरका पुरुष चिम्नी उद्योगमा काम गर्न गएका छन् । जंगल बीचमा बस्ती भएकाले विद्यालय छैन ।

    बस्तीका झन्डै ५० बालबालिका अध्ययनबाट वञ्चित छन् । १४ वर्ष उमेरमाथिका बालबालिका चिम्नीमा काम गर्न जाने चलन छ । कलिला बालबालिका भने घरमै खेलेर बस्छन् ।

    विद्यालय र बजार जान जंगल छिचोलेर ७ किमिपूर्व चन्द्रनिगाहपुर र १२ किमि पश्चिम निजगढ पुग्नुपर्छ । तत्कालीन वनमन्त्री हेमबहादुर मल्लको पालामा पहाडको बस्ती यहाँस्थित कटानी गाउँमा सारिएको थियो ।

    त्यसबेला हुने खानेले मात्र घरघडेरी पाएको उनीहरूको गुनासो छ । नगरपालिका भए पनि बस्तीमा खानेपानी, स्वास्थ्य र शिक्षालगायत आधारभूत सुविधा पुगेको छैन ।

    स्थानीय बस्तीछेउको लमाहा खोलाको धमिलो पानी पिउन बाध्य छन् । ‘घरमा खानलाई धौ–धौ छ, छोरारछोरी कसरी पढाउनु,’ बस्तीकै माया पुलामीले भनिन्, ‘पढ्ने उमेरमा काम गर्नुपर्छ । पढ्ने र पढाउने कुरै नगर्नुस् ।’ यी सुकुम्बासीसँग कमाइ गरेर खाने एक टुक्रा जग्गा छैन ।

    वन्यजन्तुको त्रास पनि उत्तिकै छ । कहिलेकाहीं बाख्राको खोजीमा बाघ झपडीमै आइपुग्छ । छेउबाटै जंगली हात्तीको लस्कर ओहोरदोहोर गर्छ । सधैं त्रासको जिन्दगी जिउनुपर्ने मायाले बताइन् ।

    रौतहटमा विपन्न समुदायका यस्ता बस्ती धेरै छन्, चुनावका बेला नेताहरू आश्वासन दिन्छन् । भोट पाएर जितेपछि फर्केर हेर्दैनन् । त्यसैले उनीहरूले आश्वासन पत्याउन छाडिसकेका छन् । ‘घर बनाइदिन्छौं, धारा गाडिदिन्छौं भन्दै पहिला पनि भोट मागे । पछि फर्किएरै आएनन्,’ फूलमायाले आक्रोश पोखिन्, ‘अब त आसमात्रै देखाउन हामी कहाँ नआए हुन्छ ।’

    चन्द्रपुर नगरप्रमुख रामचन्द्र चौधरीले लमाहाको बस्तीलाई अन्यत्र सार्नका लागि कुनै योजना नभएको बताए । ‘यस विषयमा छलफल गरौंला,’ उनले भने, ‘स्थानीयको समस्या के छ त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारेमा दलहरूबीच छलफल जरुरी छ ।’ (कान्तिपुर दैनिक)

    प्रतिकृया दिनुहोस्

    अक्सफोर्डका विद्यार्थीलाई आत्मविश्वास, सहकार्य र निर्देशनको पालना सम्बन्धी अभिमुखीकरण

    भक्तपुर १ सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिकल स्कुलले विद्यार्थी मार्ग निर्देशन, प्रतिभा पहिचान तथा पुरस्कार वितरण कार्यक्रम...

    लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामार्दा १६ जना समातिए

    भक्तपुरको मध्यपुर थिमी १ लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामारी प्रहरीले १६ जनालाई समातेको छ । उक्त...

    विश्व डाउन सिन्ड्रोम दिवसमा समावेशी शिक्षा र जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न

    हरेक वर्ष बिश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको डाउन सिन्ड्रोम समाज...

    नेराकस (निजामती) को बागमती प्रदेशमा ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना निर्वाचित भएका छन् ।...

    पारिवारिक दुश्मनीले लियो ११ जनाको ज्यान

    पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या भएको छ । बन्दुकधारीहरुले मङ्गलबार सो नरसंहार...