भक्तपुर प्रहरीले भारी मात्रामा घरेलु मदिरा नष्ट गरेको छ । चेकजाँच गर्ने क्रममा बरामद भएको घरेलु मदिरा नष्ट गरेको महानगरीय प्रहरी परिसरले नष्ट गरेको हो ।
करीब २,००० (दुई हजार) लिटर लोकल रक्सि र ५०० (पाच सय) लिटर छ्याङ नष्ट गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइले जानकारी गराए ।
प्रसाइले गस्ती पट्रोलिङ्ग तथा अन्य डिउटीहरुले बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा बरामद गरेको अबैध मदिरा नष्ट गरिएको बताए ।
बरामद गरेको अबैध मदिरालाई बिहीवार जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रतिनिधिको रोहबरमा महानगरीय प्रहरी परिसर भक्तपुरले नष्ट गरेको छ । परिसरकै हाताभित्र उक्त अबैध मदिरा पोखाएर नष्ट पारिएको हो ।