News Portal

  • २ बर्षभित्र प्रदेशमा पोलिटेक्निक र स्थानीय तहमा शिक्षालय : सीटीइभीटीद्वारा पत्रकारलाई पुरस्कार घोषणा

    इभक्तपुर संवाददाताभक्तपुर, १२ फागुन
    १५३३ पटक
    भक्तपुर, १२ फागुन

    प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) ले आफ्नो स्थापनाको तीसौ बार्षिकोत्सव मनाएको छ । शनिवार सानोठिमीस्थित कार्यालय प्राङ्गणमा एक औपचारिक कार्यक्रमका बीच बार्षिकोत्सव मनाइएको हो ।

    कार्यक्रममा बिशेष अतिथि रहेका सीटीइभीटीका सस्थापक प्रमुख प्रा.डा. सुरेशराज शर्माले प्राबिधिक शिक्षालाई राज्यले उपेक्षा गर्दा अपेक्षित नतिजा नआएको दावी गरे । ”राज्यको बजेट र प्राथमिकता ९७ % ज्ञानमा छ ३ % मात्र शीपमा छ । तैपनि सीटीइभीटीले यतिसम्म गर्नसक्नु सकारात्मक प्रतिफल हो ।” शर्माले भने ।

    शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले अबको शिक्षा शीपलाई प्राथमिकता नदिई अगाडी बढ्न नसक्ने बताउदै राज्यको प्राथमिकतामा प्राबिधिक शिक्षा पर्ने आस्वाशन दिएका थिए । ” भर्खरै नवनियुक्त प्रधानमन्त्री केपी ओलीज्यूले पहिलो दिनमै प्रत्यक प्रदेशमा २ बर्षभित्र नमुना पोलिटेक्निक र प्रत्यक स्थानीय तहमा नमुना प्राविधिक शिक्षालयको उद्घोष गर्नुभएकोले पनि अव प्राविधिक शिक्षाको बिकाश हुनेमा बिश्वस्त हुन् म अनुरोध गर्दछु ।” उनले भने ।

    त्यसैगरी सीटीइभीटीका सदस्य सचिव रेवतीरमण बाग्लेले सीटीइभीटीका कारण बेरोजगारी घटाउन केहि हद सम्म भूमिका भएको जिकिर गर्दै देशलाई आवश्यक प्राविधिक तथा व्यवसायिक शीपमूलक जनशक्ति आपुर्ती गर्न यसले खेलेको भूमिकालाई उपेक्षा गर्न नहुने दावी गरे । ” बर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले २ बर्षभित्र नमुना पोलिटेक्निक र प्रत्यक स्थानीय तहमा नमुना प्राविधिक शिक्षालय बनाउने उद्घोष गरेकाले यो अवधी सीटीइभीटीका लागि स्वर्णिम अवसर बनाउन हामी प्रतिबद्ध छाैं  ।” वाग्लेले भने ।

    ३० अाैं बार्षिकोत्सव कार्यक्रममा सदस्य सचिव वाग्लेले प्रत्येक प्रदेश र केन्द्रमा समेत प्राबिधिक शिक्षाको क्षेत्रमा कलम चलाउने सर्बोत्कृष्ट पत्रकारहरुलाई बार्षिकरुपमा पुरस्कृत गर्ने घोषणा समेत गरेका थिए ।

    उक्त अवसरमा सीटीइभीटीका उत्कृष्ट सेवा गर्ने ४ कर्मचारी र सर्वोत्कृष्ट १ गरि ५ जना पुरस्कृत भएका थिए ।अरविन्द कुमार चौधरी, दल बहादुर आले ,सन्तोष कुमार महासेठ ,उमेश भुजेलले उत्कृष्ट तथा कार्यालय सहयोगी सुगा बिस्वकर्माले सर्बोत्कृष्ट सेवा पुरस्कार पाइन् । त्यसैगरी सीटीइभीटीले सर्बोत्कृष्ट नतिजा सहित उतीर्ण हुने आफ्ना बिद्यार्थीहरुलाई समेत पुरस्कृत गरेको थियो ।

    कार्यक्रममा ट्रेड युनियनका तर्फबाट कर्मचारी संघका बडुले, सेवा निवृत्त कर्मचारीका तर्फबाट मुकुन्द प्रसाद मैनाली लगायतले सीटीइभीटी विधिले चल्नुपर्ने र कर्मचारीहरुले गणेशले जसरी हाकिमहरुको परिक्रमा गर्नुपर्ने परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।

    शिक्षा मन्त्रालयका सहसचिव तथा इभेन्ट परियोजना प्रमुख टेक नारायण पाण्डे , सीटीइभीटीका पदाधिकारी तथा कर्मचारीहरु लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

    सच्याइएको : सीटीइभीटीका सदस्य सचिव पुष्परमण वाग्ले हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...