News Portal

  • सिद्धपोखरीबाट आधा दर्जन पक्राउ

    इभक्तपुर संवाददाताभक्तपुर, १३ फागुन
    २२७९ पटक
    भक्तपुर, १३ फागुन

    पर्यटकीय नगर भक्तपुरको सुरम्य क्षेत्र सिद्धपोखरीबाट आधा दर्जन युवा पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले लागु औषधसहित रंगेहात पक्राउ गरेको हो ।
    भक्तपुर नगरपालिका-१ दुधपाटीस्थित सिद्धपोखरी क्षेत्रबाट लागुऔषध सेवन तथा खरिद बिक्री गरिरहेको अवस्थामा युवाहरु पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी गस्ती टोलीले उनीहरुलाई शनिवार बेलुका समातेको जानकारी प्राप्त भएको छ ।
    पक्राउ पर्ने ६ युवाहरु २२ देखि ३० बर्ष उमेर समुहका छन् । उनीहरुको साथबाट विभिन्न प्रकारका लागु अाैषध बरामद भएपछी प्रहरीको फन्दामा परेका हुन् । उनीहरुमाथि कानुनी कारवाही अगाडी बढाइएको बताइएको छ ।

    पर्यटकीय स्थल सिद्धपोखरी लागु औषधको अखडा बनेको भन्दै गुनासाहरु बढेका थिए । प्रहरीले दुर्ब्यसन नियन्त्रणको लागि ससक्त सर्च अभियान थालेको परिसरका प्रवक्ता एवं डीएसपी कृष्ण प्रसाइले इभक्तपुरलाई बताए । ”यो पक्राउ त्यसैको प्रतिफल हो, यसमा लागु औषध सेवन गर्ने मात्र होइन बिक्रीवितरण गर्ने पनि फन्दामा परेका छन् ।” उनले दावी गरे ।

    सामाजिक संजालमै खवर प्राप्त गर्न eBhaktapur को फेसबुक पेज लाइक गर्नुहोस् ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...