News Portal

  • नालामा टिपरले लियो ९ कक्षामा पढ्ने विद्यार्थीको ज्यान

    इभक्तपुर संवाददाताभक्तपुर, १३ फागुन
    ११३८ पटक
    भक्तपुर, १३ फागुन

    टिपरको ठक्करबाट एक किसोरको मृत्यु भएको छ । कक्षा ९ मा पढ्दै गरेका विद्यार्थीको टिपरको ठक्करबाट मृत्यु भएको हो ।

    मृत्यु हुनेमा बनेपा नगरपालिका–१ का अमीर पाण्डे रहेका छन् । पाण्डे बनेपास्थित ज्ञानकुञ्ज उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्यनरत थिए ।

    आइतवार काभ्रेपलाञ्चोकको नालाबाट भक्तपुर जाने भित्री सडकखण्डअन्तर्गत नाला–भक्तपुरको नालामा बा ४ ख ६६०३ नंम्बरको टिपरले पाण्डे सवार मोतरसाइकलमा ठक्कर दिदा दुर्घटना भएको प्रहरीले बताएको छ ।
    नालाबाट बनेपा आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पाण्डेले ज्यान गुमाउन पुगे । बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ ल्याउने क्रममा बाटैमा उनको निधन भएको बताइएको छ ।
    दुर्घटना गराउने ट्रीपरसहित चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भैरहेको प्रहरीले भनेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...