News Portal

  • फोरम सरकारमा जान आतुर, हस्ताक्षर नहुदा अड्कियो हलो

    पत्रपत्रिकाकाठमाडौँ, १५ फागुन
    ७५१ पटक
    काठमाडौँ, १५ फागुन

    प्रधानमन्त्री केपी ओली संविधान संशोधनको मुद्दामा सकारात्मक बनेपछि संघीय समाजवादी फोरम सरकारमा सामेल हुने भएको छ । फोरम सरकारमा आउने समझदारी जुटेकै कारण प्रधानमन्त्री ओलीले सोमबार चार जना मन्त्रीमात्रै थप गरेका हुन ।

    प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोरमलाई सोमबारै सरकारमा ल्याउने प्रयत्न गरेका थिए । तर फोरम अध्यक्ष उपेन्द्र यादव आन्तरिक छलफलपछि मात्रै सरकारमा जाने भन्दै बालुवाटारबाट निस्केका थिए ।

    मधेस केन्द्रित दलले उठाउँदै आएको संविधान संशोधनको मुद्दामा माओवादी केन्द्रका अध्यक्ष दाहाल सकारात्मक भए पनि ओली अनुदार बन्दै आएका थिए ।

    प्रधानमन्त्री भएसँगै ओली सकारात्मक भएका हुन् । दुई तिहाइ समर्थनको सरकार बनाउन ओलीले फोरमले उठाउँदै आएको संशोधनको मुद्दालाई आपसी सहमतिका आधारमा अघि बढाइने प्रतिबद्धता बैठकमै व्यक्त गरेपछि फोरम सरकारमा जान इच्छुक देखिएको हो ।

    फोरम नेता राजेन्द्र श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले सोमबारकै मन्त्रिपरिषद् विस्तारमा फोरमबाट पनि नाम पठाउन आग्रह गरेका थिए ।

    आन्तरिक छलफलमा फोरम नेताहरूले संशोधनको मुद्दामा सरकार र फोरमबीच लिखित समझदारी गरेर सरकारमा जानुपर्ने सुझाव दिएका छन् ।

    ‘सोमबार बालुवाटारमा संविधान संशोधनमा नयाँ ढंगले कुराकानी भएको छ, दुई पक्ष (सरकार र फोरम) बीच भएको सहमतिमा हस्ताक्षर हुनासाथ सरकारमा जाने कुरा हुन्छ,’ श्रेष्ठले भने, ‘राजनीतिक हस्ताक्षरका लागि हामी त शुक्रबारदेखि नै तयारीमा छौं, सरकारले कति चाँडो गर्छ, त्यसै आधारमा सरकारमा जाने तय हुने हो ।’

    प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले फोरमसँगको कुराकानी सकारात्मक रहेकाले चाँडै सरकारमा सहभागी हुने बताए । ‘उहाँहरू सरकारमा सहभागी हुन सैद्धान्तिक रूपमा सकारात्मक भइसक्नुभएको छ,’ उनले भने, ‘अब कसरी कहिले सहभागी हुने भन्नेचाहिँ अन्तिम टुंगो लाग्न बाँकी छ ।’

    वाम गठनबन्धनले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने प्रतिबद्धता जनाएको छ । (कान्तिपुर दैनिक)

    प्रतिकृया दिनुहोस्

    राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन स्थगित

    राजधानी केन्द्रित आन्दोलनरत राहत शिक्षकहरूका माग सम्बोधन भएका छन् । सरकार र अन्दोलित राहत शिक्षक...

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...