News Portal

  • आज मन्त्रीमंडल बिस्तार : माओबादीका यी ५ ले पाए मंत्री बन्ने मौका

    पत्रपत्रिकाकाठमाडौँ, १६ फागुन
    १४३५ पटक
    काठमाडौँ, १६ फागुन

    माओवादीले सरकारमा सहभागी हुने आफ्ना मन्त्रीको नाम टुंग्याएको छ । उसको भागमा परेका सातमध्ये दुई मन्त्रीले शपथ लिइसकेका छन् ।

    बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र विना मगरलाई लैजाने निश्चित गरेको प्रचण्डको सचिवालयले जनायो ।

    तर, फोरम पनि सरकारमा सहभागी हुँदा मन्त्रालय थप्नुपर्ने या एमाले र माओवादीले पाएको भागबाट एक–एकवटा कटौती गरेर दिनुपर्ने हुन्छ ।

    अहिलेकै मन्त्रालयमा फोरमलाई समेट्ने निश्चित भए माओवादीले टुंग्याएको मन्त्रीको नाममा एकजना कटौती हुन सक्ने सम्भावना देखिन्छ । माओवादीले कसलाई कुन मन्त्रालय भन्ने टुंगो पनि लगाएको छैन ।

    प्रदेश १ र ४ बाट शून्य
    माओवादीबाट सरकारमा पाँचवटा प्रदेशले मात्रै प्रतिनिधित्व गर्ने भएको छ । प्रदेश १ र ४ बाट प्रतिनिधित्व नहुने निश्चित भएको छ । प्रदेश २ बाट भने दुईजना मन्त्री बन्ने भएका छन् । मातृका यादव मन्त्री बनिसकेका छन् भने गिरिराजमणिको नाम निश्चित गरिएको छ ।

    ऊर्जामा पुन र शर्माको हानाथाप
    पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वगृहमन्त्री जनार्दन शर्मा सुरुमा गृहमन्त्रीका लागि लबिङमा थिए । तर, रामबहादुर थापालाई पार्टीले गृह दिएपछि पुन र शर्मा ऊर्जाका लागि कसरत गरिरहेका छन् । यसअघि ऊर्जामन्त्री बन्दा राम्रो काम गरेकाले पुनः अवसर दिन शर्माको आग्रह छ । पुनले पनि गृह नपाएपछि प्रभावशाली मन्त्रालय ऊर्जामै नजर लगाएका हुन् ।

    को कतिपटक मन्त्री ?
    पोखरेललाई पाचौँ अवसर
    गिरिराजमणि पोखरेल पाचौँपटक मन्त्री बन्दै छन् । ०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य, ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य र ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेका पोखरेल ०७२ मा केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका थिए । तीनपटक स्वास्थ्य र एकपटक शिक्षा मन्त्रालय हाँकेका उनी पुनः शिक्षामन्त्री बन्न चाहिरहेका छन् ।

    पुन र बस्नेत ह्याट्रिक हान्दै
    एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा ०६७ मा दुई महिना शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका वर्षमान पुन ०६८ मा डा। बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बने । त्यसयता पाँच वर्षसम्म उनी सत्ताबाहिर छन् । गृह नपाएपछि अहिले उनी ऊर्जा मन्त्रालय ताकिरहेका छन् ।

    शक्तिबहादुर बस्नेत पनि दुईपटक मन्त्री बनिसकेका छन् । ०६७ मा खनाल नेतृत्वको सरकारमा स्वास्थ्य र ०७२ मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए ।

    शर्माको चौथो इनिङ
    ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण, ०७३ मा प्रचण्ड नेतृत्वकै सरकारमा ऊर्जा र ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बनेका जनार्दन शर्मा चौथोपटक मन्त्री बन्दै छन् । गृह नपाएपछि उनको पनि ऊर्जामै दाउ छ ।

    मगरको न्यु इन्ट्री
    विना मगर सरकारमा पहिलोपटक अवसर पाउँदै छिन् । दोस्रो संविधान सभा निर्वाचनमा पराजित पुन अहिले कञ्चनपुर–१ बाट विजयी भएकी हुन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...