News Portal

  • संसदमा नेमकिपा सांसद सुवालले नियम नै नबनी नियमापत्ति गरेपछि जंगिए ठाकुर

    इभक्तपुर संवाददाताभक्तपुर, २१ फागुन
    १५१५ पटक
    भक्तपुर, २१ फागुन

    बिरोधको पर्याय नै बनेको नेपाल मजदूर किसान पार्टीलाई यसपटक भने पहिलो गासमै ढुंगा लागेको छ । सोमवार बसेको प्रतिनिधिसभा बैठकमा बिरोध गर्दा नेमकिपा सांसद प्रेम सुवाल अक्क न बक्क बनेका छन् ।

    जेष्ठ सदस्यका रुपमा बैठकको अध्यक्षता गरेका राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका सांसद महन्थ ठाकुरले बिरोध गरिरहेका सांसद प्रेम सुवाललाई अक्क न बक्क बनाइदिएका हुन् ।

    ठाकुरले कार्यसञ्चालन नियमावली नबनेसम्मका लागि संसद गतिविधि चलाउन अन्तरिम कार्यविधि निर्णयार्थ पेस गरेपछि नेमकिपा सांसद प्रेम सुवालले उठेर नियमापत्ति गरे । उनी सोझै कार्यविधि ल्याएकोमा असन्तुष्ट थिए । उनले अन्तरिम कार्यविधि अध्ययन गर्न पाउनु पर्ने माग राखे ।

    सुवालको कुरा सुनेपछि बैठकको अध्यक्षता गरिरहेका ठाकुरले उनलाई बस्न आग्रह गरेका थिए । सुवाल उठेकै देखेर ठाकुरले उल्टै सुवालमाथि नै सवाल तेर्स्याइदिदै सोधे – ‘माननीय सदस्य, नियम नै बनेको छैन, कुन नियमावलीको आधारमा नियमापत्ति ?’

    ठाकुरको प्रश्नले सुवाल निरुत्तर बनेका थिए । उठिरहेका सुवाललाई ठाकुरले थपे ”बस्नुस्, पहिले नियम बनाऔँ, अनि नियमापत्ति गरौ माननीय सदस्य ।”

    जेष्ठ सदस्यका रुपमा बैठकको अध्यक्षता गरेका राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका सांसद महन्थ ठाकुरको अनुरोध पछि सुवालले थप बोलेनन् ।उनी अक्क न बक्क बनेर बसे ।

    हाम्रो फेसबुक पेज लाइक गर्न र ट्वीटरमा फलो गर्न छुटाउनु भएको छ भने आहिले नै गर्नुहोस् । सूचना तपाइको औंलामा पुर्याउने हाम्रो अभियानमा जोडिनुहोस् । ebhaktapur.com अब सूचना तपाइको आैंलामा ।

    प्रतिकृया दिनुहोस्

    सांसद दुर्लभ थापा माथि पूर्वमन्त्री बस्नेतको संगीन व्यंग्य र गम्भीर आरोप

    पूर्व मन्त्री एवं निवर्तमान प्रतिनिधि सभा सदस्य महेश बस्नेत आफ्नो क्षेत्रबाट निर्वाचित सांसद दुर्लभ थापा...

    राष्ट्रिय युवा संघ भक्तपुरमा रविन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

    भक्तपुर जिल्लामा नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको १० औं अधिवेशनबाट नयाँ...

    आज अप्रिल फुल, मर्माहत गराउने झुट नबोल्न अनुरोध

    अप्रिल महिनाको १ तारिखको दिन विश्वका विभिन्न देशमा अप्रिल फुल मनाइन्छ। ‘फुल’ को नेपाली अर्थ...

    प्रधानमन्त्री प्रचण्ड भक्तपुर आउने कार्यक्रम स्थगित

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर नआउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने...

    खसीबोका चोरेर मासु बेच्ने गिरोह भक्तपुरमा समातियो

    भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरीएको गुनासोले गर्दा सक्रिय प्रहरीले चोरीमा संलग्न दुई...