News Portal

  • राजा महेन्द्रमाथिको अपमानले जन्माएको अड्डा खारेज गरिँदै

    पत्रपत्रिकाकाठमाडौँ, २४ फागुन
    ८७५ पटक
    काठमाडौँ, २४ फागुन

    मुलुक संघीय संरचनामा जाँदा स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने क्रममा दर्जनौं विभाग, प्रतिष्ठान तथा सरकारले गठन गरेका आयोगहरु खारेज गरिँदै छ । यही सन्दर्भमा सरकारले दूर्गम क्षेत्रमा तत्कालीन राजा महेन्द्रले तिब्बती सीमानाका नेपालीलाई नेपाली बजारसँग जोड्ने लक्ष्य लिएर स्थापना गरेको दूर्गम क्षेत्र विकास समिति पनि खारेज गर्दैछ । खारेजीमा पर्ने दर्जनौ निकायहरु मध्ये यो समितिको भने महत्व विशेष मानिएको छ । यही समिति हो जसले धेरैहदसम्म भौगोलिक दूर्गमताका कारण नेपाली बजारसँगको व्यापारमा जोडिन नसकेका धेरै व्यापारीहरुलाई नेपाली बजारसँग जोड्न योगदान पुर्याएको छ ।

    समितिका सदस्यसचिव टेकराज निरौलाले अन्य समितिहरुसँगै यसको पनि खारेजी चैत २८ गतेदेखि हुने तयारी भईरहेको जानकारी दिए । यद्यपि यस विषयमा आधिकारिक जानकारी भने आईसकेको छैन । तर, तत्कालीन समयमा शक्तिशाली रहेका राजा महेन्द्रलाई तिब्बती सीमानामा पुग्दा भएको अपमानपछि राजाको विशेष पहलमा सुरु भएको यो अड्डा गणतन्त्र आएपछि अन्त्य हुन लाग्नुलाई पनि महत्वका साथ हेरिएको हो ।

    तत्कालीन राजा महेन्द्र २०२२ साल तिर मुलुक बुझ्नको लागि भन्दै उत्तरी सीमा हुम्लाको यारी नाकामा पुगेका थिए । नेपालभर जतासुकै पुग्दापनि सम्मान नै सम्मान पाउने राजा महेन्द्रले यारी नाकामा पुग्दाभने राजाको जस्तो सम्मान पाउन सकेनन् । नेपालको राजा त्यहाँ पुग्दा पनि त्यहाँका स्थानीयको ध्यान भने तिब्बत तिरै थियो । यारीमा त्यतिबेला माटो नेपालको थियो तर, सबै जीवनशैली र जीवन गुजाराको आधार भने तिब्बतसँग जोडिएकोले उनीहरुले नेपाललाई भन्दा पनि तिब्बती शासकलाई नै आफ्नो सम्झिन थालिसकेको थिए । त्यही डरलाग्दो स्थिती देखेका महेन्द्रले काठमाडौं फर्किए लगत्तै दूर्गम क्षेत्रको विकासको खाका तयार पार्नको लागि सरोकारवाला निकायलाई तत्कालै निर्देशन दिएका थिए ।

    यो कहानी ३४ वर्ष अघिदेखि यही समितिमा रहेर काम गरिरहेका ईन्जिनियर विजयराज खनालले सुनाएको कहानी हो । महेन्द्रसँगै हुम्ला नाका पुगेका सहयोगीलाई उधृत गर्दै खनालले भने नेपालको हुम्ला नाकामा पुग्दा त्यहाँका स्थानीयले राजालाई गर्नुसम्मको अपमान गरे । उनीहरुलाई नेपालमा आफूहरु बसोबास गर्ने गरेको भन्ने थाहा भएपनि उनीहरुको सबै रोजीरोटीको स्रोत तिब्बतसँग नै थियो । उनीहरुले तिमी राजा रैछौं खाना खाएर जाऊ भनेर अपमानजनक व्यवहार गरेपछि महेन्द्रले लज्जा महशुस गर्दै फर्किएका थिए ।

    समितिले त्यतिबेला राजाको विशेष निगरानी पाएकोले पनि ज्यादै प्रभावकारिता पायो । तत्कालीन समयमा उत्तरसँगको आवतजावत बढी हुने नाका भएका ४ जिल्लाहरु हुम्ला, मुस्ताङ, सोलुखुम्बु, र ताप्लेजुङमा गृह पञ्चायत मन्त्रालय अन्तर्गत्को उत्तरी सीमा प्रशासन कार्यालयमार्फत् दूर्गम क्षेत्र विशेष कार्यक्रम सञ्चालन गरिएको थियो । पछि २०२५ सालमा राजाकै विशेष पहलमा यसलाई समिति ढाँचामा लगियो । यसको अध्यक्ष प्रधानमन्त्रीलाई नै बनाउनेगरी यसलाई समिति ढाँचामा लगेपछि भने यसले पहिलेको भन्दापनि बढी जिम्मेवारी र महत्व पाएको थियो ।

    समितिको काम प्रभावकारी बन्दै गएपछि २०४४ सालमा तत्कालीन राजा बीरेन्द्रले यो समितिको कामलाई ४ जिल्लाबाट बढाएर १८ जिल्लामा विस्तार गरे । भौगोलिक सामाजिक र आर्थिक रुपले विपन्न रहेका १८ जिल्लामा झोलुंगेपुल निर्माण, ग्रामीा विद्युतीकरण, विभिन्न किसिमका धर्मशालाहरु, बाटो, सिंचाई र गुम्बा निर्माण तथा मर्मत सम्हारको जिम्मेवारी समितिको कार्यक्षेत्र भित्र राखिएको थियो । समितिले २०४९ साल यता स्थानीय विकास मन्त्रालयको एउटा विभागको रुपमा २२ जिल्लाका विभिन्न तत्कालीन ४ सय ७५ गाविसहरुमा कार्यक्रम सञ्चालन गर्दै आईएको छ ।

    त्यतिबेला दूर्गम क्षेत्रलाई नेपाल तर्फको व्यापार बढाउनको लागि सबैभन्दा पहिले सडक सञ्जाल र पुल निर्माणलाई प्राथमिकता दिईएको थियो । खनाल भन्छन् नेपालमा झोलुंगेपुलको सुरुवात नै यही समितिले गरेको हो । अहिलेसम्म समितिले देशका २२ जिल्लामा ५ सय ५० वटा झोलुंगेपुल निर्माण गरिसकेको छ भने १ सय १२ वटा विद्युतीकरण योजनाबाट १८ सय ७४ किलोवाट विद्युत उत्पादन भईरहेको छ । यस बाहेक पनि सोलार प्लान्टहरु, सोलार, आधुनिक घट्ट, खानेपानी आयोजनाहरु निर्माण गरिरहेको समितिका सिनियर डिभिजन इन्जिनियर जनक शाहीले जानकारी दिए ।
    राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...