News Portal

  • जनप्रतिनिधिले देखाए रमिता : गाउँपालिका कार्यालयमै अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट

    पत्रपत्रिका दोलखा, २५ फागुन
    ७७८ पटक
    दोलखा, २५ फागुन

    केन्द्र विवादमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको अवस्था पुगेको छ। बैठकस्थलमै दोलखाको कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकलाई अध्यक्ष विनकुमार थामीले हातपात गरेका हुन्।

    आफ्नो नेतृत्वको समूहले निर्णयपुस्तिका लिएपछि अध्यक्ष थामी नेतृत्वको समूहले आफूहरुमाथि हातपात गरिएको उपाध्यक्ष पाठकले बताएकी छन्। कालिञ्चोक गाउँपालिकाको केन्द्र सार्ने विषयमा जनप्रतिनिधिबीच विवाद देखिएको हो। गाउँपालिकाको अस्थायी केन्द्र सुनखानीमै राख्ने वा लापिलाङमा सार्ने भन्ने विषयमा जनप्रतिनिधिबीच विवाद हुँदा अध्यक्ष र उपाध्यक्षबीच हात हालाहालको स्थिति सिर्जना भएको हो।

    गाउँसभाको तयारीका लागि अस्थायी केन्द्र सुनखानीमा बिहीबार बसेको बैठकमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षबीच फरक-फरक मत आएको थियो।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...