News Portal

  • मोदी बन्न सजिलो ट्रंप बन्न गाह्रो

    इभक्तपुर संवाददाताभक्तपुर, २७ फागुन
    २३८५ पटक
    भक्तपुर, २७ फागुन

    श्रीमतिसँग सम्बन्धविच्छेद भएको कारण हास्य कलाकार मनोज गजुरेल केही सयम चर्चाको आग्र भागमा देखिए ।
    त्यस लगत्ति अहिले गजुरेल अन्तराष्ट्रिय कमेडियन को सुचीमा परेको कुरा पनि चर्चित बनेको छ ।

    सीबीएस नयुजले गजुरेललाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचजर गर्ने विश्वका प्रभावशाली १८ कमेडियनमा सुचीकृत गरेको हो ।

    यसै सन्दर्भमा गजुरेललाई आज प्रकाशित नेपाल राष्ट्रिय साप्ताहिकले सोधेका केहि प्रश्नहरुहरुको उत्तर दिदै उनले अमेरिकी राष्ट्रपति दोनाल्त ट्रंप राष्ट्रपति बन्नु अगाडी देखि नै उनको क्यारिकेचर गर्ने गरेको खुलासा गरेका छन । गजुरेलले अमेरिका बसाइको क्रममा साथीहरुले ट्रंप राष्ट्रपति बन्ने संकेत गरेदेखि नै उनको क्यारिकेचर गर्न शुरु गरेको बताएका छन ।

    भारतीय प्रम मोदीको क्यारिकेचर बाट बिश्वब्यापी ख्याती कमाएका हास्यकलाकार गगुरेल्ले मोदीको भन्दा त्रम्पको क्यारिकेचर गर्न गाह्रो भएको भनेका छन ।

    ‘पर्फमेन्स गरिसकेपछि त त्यस्तो फरक लागेन । तयारीका क्रममा भने भिन्नता रह्यो ।
    मोदीभन्दा ट्रम्प बन्न बढी मिहिनेत गर्नुपर्यो ।’ उनले भनेका छन ।

    हास्य क्षेत्रमा सफल हुनुभयो तर बैवाहिक जीवनमा त दुर्घटना पर्यो नि किन ? भन्ने नेपालको प्रश्नमा उनको जवाफ यस्तो रहेको छ :

    ”गम्भीर रुपमा लिँदालिँदै जीवनका कतिपय कुराहरु हाम्रो नियन्त्रणबाहिर हुन सक्छन् । ईश्वरको यो कृपालाई स्वीकार्नुको विकल्प छैन ।”

    प्रतिकृया दिनुहोस्

    आज ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस

    ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस देशभर विभिन्न कार्यक्रम गरी  मनाइदै छ । साक्षर बन्ने र...

    सर्वोच्चको फैसला पुनरावलोकनका लागि पहल गर्न प्रचण्डलाई आफ्नै पार्टीको ६ बुँदे पत्र

    नेकपा (माओवादी केन्द्र) को काठमाडौं उपत्यकाका तीनै वटा जिल्लाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वोच्च...

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८१

    ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०८१ को आदर्श बाक्यको मुख्य साराशं बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्पारिक समझदारी र...

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...