News Portal

  • भक्तपुर आएर मुख्यमन्त्री पौडेलले भने – सबै सरकारी कार्यालय माफियाको कब्जामा भएछ

    इभक्तपुर संवाददाताभक्तपुर, २८ फागुन
    ९४४ पटक
    भक्तपुर, २८ फागुन

    प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै सरकारी कार्यालय भ्रष्टाचारी, दलाली र माफियाको अड्डा भएको आरोप लगाएका छन । सरकारी कार्यालयमा सर्वासाधारणको पहुच नभएको जिकिर गर्दै उनले सरकारी कार्यालय भ्रष्टाचारी, दलाली र माफियाका कब्जामा रहेको बताएका हुन् ।

    भक्तपुरमा चाँगुनारायण नगरपालिकाको एक कार्यक्रममा आइतवार प्रमुख अतिथिको रुपमा आइपुगेका मुख्यमन्त्री पौडेलले माफियाराजबाट आम जनता आजित बनेको बताए ।

    उनले सरकारी कार्यालयमा भ्रष्टाचार सस्थागत भएको भन्दै तलदेखि माथिसम्म पैसा नखुवाई काम नहुने गरेको जिकिर गरे ।

    मुख्यमन्त्री पौडेलले सबै सरकारी कार्यालयलाई भ्रष्टाचारी, दलाली र माफियाले कब्जा गरेकोले त्यसको अन्त्य नभई जनताको प्रगती नहुने भन्दै आफु सुशाशनको लागि लागिपरेको दावी गरे ।

    प्रतिकृया दिनुहोस्

    नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले...

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको...

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले)...

    साना करदातालाई राहत : वार्षिक १ करोडसम्म कारोबार गर्नेले मासिक विवरण पेश गर्नु नपर्ने

    chicken station radheradhe

    साना करदातालाई बजेटले राहत दिएको छ । मूल्य अभिवृद्धि कर(भ्याट) मा दर्ता भई वार्षिक एक...

    १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

    सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ...