News Portal

  • डाक्टर छोरी लिन पुगेकी आमा शव समेत अर्कैले दावी गरेपछि तनावमा

    इभक्तपुर संवाददाताकाठमाडौं, १ चैत
    ९५१ पटक
    काठमाडौं, १ चैत

    ‘मैले निकै दुःखले हुर्काएको छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ । नत्र मलाई पनि प्यारी छोरीको शवसँगै जलाइदिए हुन्छ,’ बुधबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भेटिएकी उर्मिला प्रधानले भनिन् ।

    सम्बन्ध विच्छेद गरेर छुट्टै बसेका श्रीमान् छोरी श्वेताको मृत्युपछि शव दाबी गर्न आएपछि उर्मिला निकै भाव विह्वल भइन् ।

    गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला एयरलायन्सको विमान दुर्घटनामा परी आप्mनो २४ वर्षीया डाक्टर छोरी गुमाएकी उर्मिला प्रधान पोस्ट्रमार्टममा राखिएको छोरीको शवको सम्पूर्ण पहिचानसहित हुलिया विवरण दिएर शव बुझ्न अस्पताल पुगेकी थिइन् ।

    ५८ वर्षीया उर्मिला निकै विक्षिप्त अवस्थामा थिइन् । उनी बुधबार दिनभर अस्पताल परिसरमा छिनमै रुने, कराउने र छोरी सम्झिएर बरबराउने गरिरहेकी थिइन् ।

    उर्मिला विगत दुई दिनदेखि मृतक छोरी श्वेता थापाको शव बुझ्न त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक ल्याब परिसरमा धर्ना दिएर बसेकी छन् । तर, बुधबार एकाएक सम्बन्ध विच्छेद गरेर बसेका (पूर्वश्रीमान्) गजेन्द्र थापा छोरीको शव दाबी गर्न आएपछि उर्मिला आश्चर्यचकित भइन् ।

    नुवाकोटको विदुर नगरपालिकास्थित थुम्काका गजेन्द्र थापासँग उर्मिलाको दशकअघि सम्बन्ध विच्छेद भएको थियो । सम्बन्धविच्छेद भएदेखि नै गजेन्द्र थापा छोरी श्वेतालाई उर्मिलासँगै छाडेर अर्की श्रीमती लिएर छुट्टै बस्दै आएका थिए । श्वेतालाई हुर्काउने र पढाउने सबै काम आमा उर्मिलाले नै गरेकी थिइन् ।

    उनले आफ्नी छोरीलाई डाक्टर बनाउन नेपाल राष्ट्रिय वाणिज्य बैंकको ललितपुर शाखाबाट २० लाख रुपैयाँको शैक्षिक कर्जासमेत लिएको बताइन् ।

    सम्बन्ध विच्छेद भइसकेका श्रीमान्ले गरेको दाबीमाथि प्रश्न गर्दै शर्मिलाले भनिन्, ‘मैले छोरी श्वेतालाई हुर्काएर ठूलो बनाएँ ।
    दुःख गरेर पढाएँ । तर, अहिले आएर छोरीको शवमा दाबी गर्दै छ ।’

    कानुनी रूपमै सम्बन्ध विच्छेद गरेर अहिले ललितपुरको गोदावरी टौखेलमा माइतीहरूसँगै छुट्टै घर बनाएर बस्दै आएकी उर्मिलाले छोरीलाई डाक्टर बनाउन बंगलादेशको सिलेटस्थित जलालाबादको रागिव रवैया मेडिकल कलेजलाई ३८ हजार डलर बुझाएकी थिइन् ।

    त्यहाँ होस्टेलमा बसेबापत थप ५ सय डलर तिर्नुपर्ने थियो । गत सोमबारको दुर्घटनामा ज्यान गुमाएकी श्वेता एमबीबीएस अध्ययन पूरा गरेर घर फर्किंदै थिइन् ।

    उनले काठमाडौं आएपछि आमालाई चन्द्रागिरि र पोखरा जाने योजना बनाउन भनेकी थिइन् । छोरी फर्किने दिन श्वेतालाई लिन आफू विमानस्थलमा पुगेको बताउँदै उर्मिलाले भनिन्, ‘बंगलादेशको विमान ल्यान्ड हुँदै छ भन्ने सूचना आयो ।

    अब ४० मिनेटपछि बाहिर आउँछे भनेर खुसी भएको थिएँ । तर, त्यसको केही मिनेटमै विमान दुर्घटनाग्रस्त भएको र आफ्नो आँखै अघि छोरी दन्किएको आगोमा पोलिइन् । छोरीले भनेका सबै खत्तम भयो । अब मैले छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ ।’ (राजधानी दैनिक

    प्रतिकृया दिनुहोस्

    केएमसीमा मध्यपुर थिमि-७ का बासिन्दालाई दुईदिन निशुल्क स्वास्थ्य सेवा

    काठमाडौ मेडिकल कलेजले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ७ का बासिन्दालाई लक्षित गरि निशुल्क स्वास्थ्य...

    कार्यसम्पादन मूल्यांकनमा मध्यपुर थिमिले पछि पार्यो जिल्लाका अरु पालिका

    कार्यसम्पादन मूल्यांकनको आधारमा भक्तपुरका ४ स्थानीय तहमध्ये मध्यपुर थिमि नगरपालिका सर्वोत्कृष्ट सावित भएको छ ।...

    स्व-मूल्यांकन गर्दा चाँगुनारायण नगरपालिका जिल्ला प्रथम

    स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा चाँगुनारायण नगरपालिका भक्तपुर जिल्लामा सर्वोत्कृष्ट भएको छ । जिल्लाका...

    चाँगुनारायणमा निशान गाडीको ठक्करबाट महिलाको निधन

    भक्तपुरको चाँगुनारायण- ३ कल्पकोट ओरालोमा निशान गाडीले पैदलयात्रीको ज्यान लिएको छ । व्यासीबाट झौखेल तर्फ...

    १२ वर्षदेखि बन्द नगदेशको पुलु:किसि जात्रा सम्पन्न

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा धार्मिक-ऐतिहासिक पुलु:किसि जात्रा सम्पन्न भएको छ । बाह्र वर्षदेखि बन्द...