News Portal

  • बिहे गर्न नमानेपछि यस्तो यातना

    इभक्तपुर संवाददाताकञ्चनपुर, १ चैत
    ८३४ पटक
    कञ्चनपुर, १ चैत

    कञ्चनपुर – आफूसँग बिहे गर्न नमानेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकले छिमेकी गाउँकी युवतीमाथि निर्घात कुटपिट गरेका छन् ।

    भीमदत्त नगरपालिका ११ भुजेलाका राकेश चन्दले सोही नगरपालिका ५ वनगाउँकी २३ बर्षकी सुनिता चन्दमाथि बुधबार कुटपिट गरेका हुन् ।

    उनले सुनिताको आँखा औंलाले घोचिदिनुका साथै शरिरमा तातो घिउ खन्याइदिएका छन् ।

    तातो घिउले शरिरका विभिन्न भाग जलेको छ भने आँखा सुन्निएर टालिएको छ । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

    समाचारमा लेखिएको छ, महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि युवतीलाई धनगढीको गेटा आँखा अस्पतिाल रिफर गरिएको छ ।

    सुनिताले घटनाबारे भनिन्,

    -बुधबार बिहान म आँगनमा थिएँ ।

    -अचानक राकेश आयो ।

    -अस्ति कोसँग घुम्दै थिइस् भन्दै कुट्दै भित्र लग्यो ।

    -त्यसपछि सुरुमै औंलाले आँखा घोचिदियो ।

    -म केही नदेख्ने भएँ ।

    -आमा छेक्न आउँदा आमालाई पनि कुटपिट गर्यो ।

    सुनिताका अनुसार राकेशले ३ महिनाअघि पनि बिवाह गर्न दबाब दिँदै कुटपिट गरेका थिए । त्यतिबेला जिल्ला प्रहरी कार्यालयमा परिवारसहित बसेर मिलापत्र गरिएको उनले सुनाइन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...