News Portal

  • थिमीको सडकमा गयो सुगमिखाको ज्यान : पोलमा ठोक्किएको प्रहरीको रिपोर्ट शंकाको घेरामा

    इभक्तपुर संवाददाताभक्तपुर, ३ चैत
    १४०५ पटक
    भक्तपुर, ३ चैत

    पुरानो थिमीमा सडक दुर्घटना हुँदा एक २२ बर्षे युवकले ज्यान गुमाएका छन । शुक्रवार साँझ दुर्घटना हुँदा स्कुटरमा सवार युवाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा भक्तपुर नपा. ३ खौमा बस्ने बर्ष २२ का सुशन सुगमिखा रहेका छन । पुरानो थिमीबाट निकोशेरातर्फ आउदै गरेको बा. ५५ प. १६४ नं. को स्कुटरमा सवार सुगमिखाको मथिनपा – ६ मा ज्यान गएको हो ।

    साँझ अन्दाजी ७ बजेको समयमा सुगमिखाले चलाएको स्कुटर अनियन्त्रित भई सडक छेउको विजुलीको पोलमा ठोकिन गई उक्त दुर्घटना भएको प्रहरीले जानकारी गराएको छ । दुर्घटनाबाट घाइते स्कुटर चालक सुगमिखाको मध्यपुर अस्पताल ठिमीमा उपचार हुन् नसकेपछि अन्दाजी ८ बजे त्रि.वि. शिक्षण अस्पताल महाराजगंन्ज रिफर गरिएको र शिक्षण अस्पतालले अन्दाजी ९:३० बजे उनलाई मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाइले बताए ।

    यता परिवारजन भने पोलमा ठोक्किएर मृत्यु भएको मान्न तयार देखिएका छैनन् । घटना लगत्तै एक अनलाइनले स्कुटरको फोटोसहित बसको ठक्करबाट गम्भीर घाइते भएको आसयको समाचार प्रस्तुत गरेकोले घटनाको सत्य तथ्य छानवीनको माग गरिएको छ ।

    केहि समय अगाडी चुनदेवीमा भएको एक सडक दुर्घटना पनि प्रहरीले दुइ मोटरसाइकल आपसमा जुधेर मृत्यु भएको निष्कर्ष निकालेको एक दुर्घटनाको प्रत्यक्षदर्शीले ट्रकको ठक्करबाट मृत्यु भएको दावी गरेका थिए ।

    साँझ र रातीको समयमा हुने दुर्घटनामा प्रहरीले हचुवाको भरमा रिपोर्ट बनाउने आरोप लाग्दै आएको छ । सवारी साधको रेकर्ड नहुने र सडकमा बत्ती र सीसी क्यामेराको व्यवस्था नहुने लगायतका कारण सत्यतथ्य पत्ता लगाउन समस्या परेपछि बिबाद नलम्ब्याउन प्रहरीले ‘हचुवा’ रिपोर्ट बनाउने गरेको प्रहरी अनुसन्धानप्रति असन्तुष्टहरुले आरोप लगाउने गरेका छन ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...