News Portal

  • परिवारको इच्छा विपरीत बिजुक्छेकी सिपाही बनेकी सृजना बनेरै छोडिन् देशकै कान्छी प्रदेश सभा सदस्य

    भक्तपुर, ५ चैत
    १६९४ पटक
    भक्तपुर, ५ चैत

    प्रदेश सभामा मुलुककै कान्छी सदस्य बनेकी छन्, सृजना सैंजु । प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड कटाउन नसकेपछि समानुपातिकतर्फ सिट नपाएको नेपाल मजदुर किसान पार्टीले प्रदेशसभामा प्राप्त एक सिटमा सैंजुलाई पठाएको हो ।

    पहिलो संविधानसभामा लीला न्याइच्याईंलाई सभासद् बनाएको नेमकिपाले दोस्रो संविधानसभामा अनुराधा थापामगरलाई सभासद् चुनेका थियो ।

    प्रदेशका ५५० सांसदमध्ये सबैभन्दा कान्छी सृजना २७ वर्षकी छन् ।

    आफू कान्छी सभासद् भएको संयोग मात्रै मान्छिन् उनी । “अन्य राजनीतिक दलले पनि नयाँ पुस्ता र समकालीनहरुलाई नै उभ्याएको होला भन्ने अपेक्षा थियो तर, त्यस्तो भएको रहेनछ ,” उनले भनिन् ।

    सामान्य किसान परिवारकी सृजनाको जन्म २०४७ पुस २८ गते पिता सितलबहादुर सैंजु  तथा माता चम्पा सैंजुको पहिलो सन्तानको रुपमा भक्तपुर–१०, कमलविनायकमा भएको हो । भक्तपुरकै समाज सुधार माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेकी सृजनाले हालै त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा विशिष्ट श्रेणीमा स्नात्तकोत्तर उत्तीर्ण गरेकी छन् ।

    विद्यार्थी जीवनदेखि आफू अध्ययन गरेको विद्यालय समाज सुधार माविको विद्यार्थी हित समितिबाट राजनीतिमा होमिएको उनी बताउँछिन् । उनले भनिन्, “त्यसपछि विस्तारै पार्टीद्वारा सञ्चालित जिल्ला स्तरीय विद्यार्थी हित समिति, साहित्य साँझ भक्तपुर हुँदै नेपाल क्रान्तिकारी विद्यार्थी संघमा आवद्ध भएँ ।” सृजनासँग आस्था साँस्कृतिक परिवारको अध्यक्ष भएर समेत काम गरेको अनुभव छ ।

    नेमकिपाले चुनावलाई घोषणापत्रको लडाइँको रुपमा लिने गरेको छ । ठूला दलहरु जो सरकारमा जान्छन् उनीहरुले घोषणापत्र अनुसार काम नगरेको आरोप नेमकिपाले लगाउने गरेको छ । घोषणापत्र अनुसार काम नगरेर जनतालाई ढाँट्ने दलहरुमाथि कारवाही हुनुपर्ने व्यवस्था राजनीतिक दलसम्बन्धी ऐनमा राखिनुपर्ने माग समेत यो पार्टीले विगतमा संसदमा उठाएको थियो ।

    पार्टीको घोषणपत्र र संविधानमा सूचीकृत प्रदेशसभाका २१ वटा अधिकारको कार्यान्वयन आफ्नो प्रमुख एजेण्डा हुने उनी बताउँछिन् ।

    “निःशुल्क शिक्षा र स्वास्थ्य सुविधा दिने, श्रमसँग शिक्षालाई जोड्ने, उत्पादनका मुख्य मुख्य साधनहरु सार्वजनिकीकरण र सामाजिकीकरण गर्ने, व्यक्तित्व विकासमा समान अवसर प्रदान गर्ने, स्थानीय सरकारलाई सहयोग हुने गरी प्रदेश सरकारबाट नीति तय गर्ने र विकट तथा दुर्गम भेगका युवालाई रोजगारी प्रदान गर्ने बन्दोबस्त गर्न जोड दिनेछु ।”उनले भनिन् । संघीयताले नै देशको चौतर्फी विकास हुन्छ भन्ने मान्यतालाई स्थापित गर्न लागिपर्ने प्रतिवद्धता उनले गरिन् ।

    भ्रष्टाचारविरुद्ध प्रदेशसभामा निरन्तर संघर्ष गर्ने र विकास निर्माणका कार्यमा भैरहेको ढिलासुस्ती रोक्ने उनको अठोट छ । विगतको संसद्मा नेमकिपाका प्रतिनिधिहरुले क्रान्तिकारी संसदवादको झण्डा उँचो बनाउने कार्य गरेको उनले बताइन् ।

    अबको भूमिकाबारे उनले भनिन् “प्रतिपक्षमा बसेर जनपक्षीय काम गर्छौं । जनतालाई सम्बोधन नगर्ने नीतिहरु तय र निर्माण भयो भने त्यसविरुद्ध हामी आन्दोलन केन्द्रित गर्छौं । विगतमा जस्तै प्रखर प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्नेछौं ।”

    बुबा सितलबहादुरको भागमा रहेको दुई तीन रोपनी खेतको उत्पादनले वर्ष भरीको भान्छा चलाउनु पर्ने विगतलाई सम्झँदै उनी भन्छिन् – ”नेमकिपाको एक घर एक स्नातक र स्नातक गरेका मजदुर वर्ग उत्पादन गर्ने नीतिले गर्दा आज यहाँसम्म आइपुगें ।”

    उनी राजनीति भनेको शिक्षित र इमान्दार व्यक्तिहरुले नै गर्नुपर्ने धारणा राख्छिन् । परिवारले राजनीतिमा नलाग्न सल्लाह दिएको र रोक्न खोजेको सृजना बताउछिन । उनी भन्छिन्, – “परिवार हेर्ने आमा शिक्षित र समझदार हुनुभयो भने सहज हुँदो रहेछ । मैले आमालाई बुझाउन थालें । उहाँले बुझ्न थाल्नु भएपछि सहज भयो ।” उनले आफ्नो प्रेरणाको स्रोत नारायणमान बिजुक्छेलाई भनिन् । उनको सरल जीवन र उच्च विचारबाट आफू प्रभावित भएको उनी बताउँछिन् ।

    प्रतिकृया दिनुहोस्

    हेर्नुस् सरकारलाई विपक्षी दलले तत्काल गर्न भनेका १३ काम

    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौँ नेपाल । विषयः...

    विपक्षी दलहरूले प्रधानमन्त्रीलाई बुझाए यस्तो ज्ञापनपत्र

    विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एंव प्रमुख प्रतिपक्षी...

    भक्तपुर प्रहरीमा नेतृत्व परिवर्तनसंगै लागू औषधमा नजर, फार्मेसी संचालक पक्राउ

    bhaktapur police

    जिल्ला प्रहरी परिसर भक्तपुरको नेतृत्व परिवर्तनसंगै लागू औषध विरुद्ध प्रहरी आक्रामक भएको छ । नेतृत्व...

    साफमा माल्दिभ्सविरुद्ध नेपालको अहिलेसम्मकै फराकिलो जित

    फूटबलमा नेपालले माल्दिभ्सविरुद्ध गोलको वर्षा गरी जित हासिल गरेको छ । साफ महिला च्याम्पियन २०२४...

    दुई झगडिया नेताले अघि बढाए मित्रताको हात

    टम र जेरी भन्ने भन्ने बित्तिकै हाम्रो सामुन्ने दुई झगडालुको दृश्य आउने गर्छ । नेपाली...