News Portal

  • इतिहासकै सफल एमाले भक्तपुर अध्यक्ष राजथलाको राजीनामा, देउजालाई दिइयो जिम्मेवारी

    इभक्तपुर संवाददाताभक्तपुर, ७ चैत
    २७०० पटक
    भक्तपुर, ७ चैत

    ने.क.पा.एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले पदबाट राजीनामा दिएपछि उपाध्यक्ष रहेका बचन देउजा कार्यवाहक अध्यक्षमा चयन भएका छन ।

    बुधवार बसेको जिल्ला कमिटिको बैठकले राजथलाको राजीनामा स्वीकृत गर्दै देउजालाई कार्यवाहक अध्यक्ष चयन गरेको हो ।

    सुर्यविनायक स्थित पार्टी कार्यालयमा भएको बैठकमा ७४ जिल्ला सदस्यमा ५८ उपस्थित रहेको र सर्वसम्मत निर्णय अनुसार राजथलाको राजीनामा स्वीकृत र देउजालाई कार्यवाहक अध्यक्ष चयन गरिएको एमाले नेता श्याम बस्नेतले जानकारी गराए ।

    बस्नेतले पार्टीभित्र नेतृत्वको बिषयमा कुनै बिबाद नभएको र स्वेच्छाले राजथलाले राजीनामा दिएपछि देउजा चयन भएको जिकिर गरे ।

    निवर्तमान अध्यक्ष राजेन्द्र राजथलाको नेतृत्वमा एमालेले भक्तपुरमा राम्रो संगठन बिस्तार गर्न सफल रहेको थियो । स्थानीय तहमा ४ नगरपालिका रहेको भक्तपुरमा भक्तपुर नगरपालिका बाहेक ३ वटै नगरपालिकामा एमालेले मेयर सहित जीतको नतिजा निकालेको छ भने प्रदेश सभामा पनि आफ्ना ४ प्रतिनिधि पठाउन सफल भएको छ । त्यसैगरी प्रतिनिधि सभामा क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले हेवी वेट काँग्रेस उम्मेदवार दमननाथ ढुंगानालाई भारी मतान्तरले पराजित गर्न सफल भएपछि राजथलाको नेतृत्व ऐतिहासिक रुपमै सफल भएको मानिएको छ ।

    राजथलाको बिरासत जोगाउने जिम्मा अब देउजाको काधमा आइपुगेको छ । नेकपा माओबादी केन्द्र संग एकताको नजिक आइरहदा नेतृत्वमा आएका देउजाले कार्यकतालाई एकताबद्ध बनाएर लैजाने चुनौतीसमेत सामना गर्नुपर्ने भएको छ ।

    सूचना : फेसबुकमा खवर प्राप्त गर्न हाम्रो फेसबुक पेज लाइक लाइक गर्नुहोस

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...