News Portal

  • अमेरिकाले गर्यो आफ्ना नागरिकलाई चन्द्रगिरी केबलकार नचढ्न सिफारिस

    इभक्तपुर संवाददाताभक्तपुर, ९ चैत
    १३८५ पटक
    भक्तपुर, ९ चैत

    अमेरिकाले आफ्ना नागरिकलाई चन्द्रगिरी केबलकार घुम्न नजान आफ्ना नागरिकलाई आग्रह गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै सो आग्रह गरेको हो । अमेरिकाले पहिलो पटक कुनै कम्पनी विशेषलाई जोडेर एड्भाइजरी गरेको पहिलो हो ।

    विवादित व्यवसायी चन्द्र ढकाल, मिनबहादुर गुरुङसहितको केही नेताहरुले ‘चन्द्रागिरी हिल्‍स’ मार्फत चन्द्रागिरी डाँडालाई व्यक्तिगत फाइदामा उपयोग गरिहेको भन्दै विरोध हुँदै अाएको छ । जनजीवन प्रभावित हुनेगरी मापदण्डविपरित मनपरी रुपमा चन्द्रागिरीको दोहन गरिएको भन्दै स्थानीयबासी लामो समयदेखि विरोधमा छन् । तर, पहुँचका भरमा स्थानीयको आक्रोसलाई उक्त समूहले कुल्चदै आएको छ ।

    स्थानीयको अाक्रोस जतिखेर पनि विद्रोहमा परिणत हुन सक्ने र घुम्न गएका अाफ्ना नागरिक असुरक्षित हुने भन्दै अमेरिकाले त्यस्तो अाग्रह गरेको बताइएको छ । जनयुद्धको बेला समेत अमेरिकाले यसरी कुनै कम्पनी विशेषलाई लिएर सुरक्षा थ्रेटको संकेत नगरेको बताइएको छ ।

    नेपालसहित विभिन्न देशका उच्च व्यक्तिहरुलाई चन्द्रगिरी केबलकार चढाएर ढकाल समूहले लुट मच्चाउँदै आएको छ । अमेरिकाको एड्भाइजरीले उक्त समूहलाई तनाव पैदा गरेको छ । अमेरिकाको त्यस्तो एड्भाइजरीले अन्य देशका नागरिक पनि नजान सक्ने भन्दै ढकाललाई चिन्ता बढेको हो ।

    चन्द्रगिरीमा भएको लुटतन्त्रविरुद्ध स्थानीयबासीको अाक्रोसबारे अमेरिकालाई जानकारी भइसक्दा समेत नेपाल सरकारले नदेझैं गर्दै अाएको छ । चन्द्रागिरीमा भएको नांगो नाचबारे छानविन गर्नुभन्दा पनि सरकारले उक्त एड्भाइजरीको विरोध गरेको छ ।

    नयाँ पर्यटन मन्त्री रविन्द्र अधिकारीले त्यो नगर्न अमेरिकी दूतावासलाई आग्रह गरेका छन् । केही संचारमाध्यमसँग कुरा गर्दै अधिकारीले आफूले त्यसबारे कुरा गर्ने प्रतिक्रिया दिएका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...