News Portal

  • आज विश्व क्षयरोग दिवस , प्रम ओली रास्ट्रिय क्षयरोग केन्द्र आउदै

    इभक्तपुर संवाददाताभक्तपुर, १० चैत
    १२१० पटक
    भक्तपुर, १० चैत

    आज मार्च २४ । विश्वभर क्षयरोग मुक्त विश्वका लागि नेतृत्वकर्ताहरुको आवश्यकता भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाइदै छ । नेपालमा पनि आज ‘सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता , क्षयरोगमुक्त नेपालको सुनिश्चितता’ भन्ने नाराका साथ् यो दिवस मनाइदै छ ।

    राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले नेपालमा क्षयरोगका बार्षिक ६० हजार बिरामी रहेको आकलन सार्वजनिक गरेको छ । केन्द्रले बिरामीहरु उपचार केन्द्रसम्म नआउने समस्याका कारण यसको निदानमा चुनौती थपिएको जानकारी समेत गराएको छ ।

    क्षयरोग माइक्रोब्याक्टेरीयम ट्युबरकुलोसिस नामक किटाणुका कारण लाग्ने एक प्रकारको संक्रामक रोग हो । नेपालमा हुने क्षयरोग मध्ये सबैभन्दा बढी ९० प्रतिशत फोक्सोको हुने गरेको र अन्यमा घाटीको ग्रन्थी, पाठेघर, पेट, कलेजो, मुटुको झिल्ली , मृगौला, मष्तिष्क र ढाडको हड्डी आदीकाे रहेको छ ।

    ३ हप्ता या त्यो भन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो या छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढि महसुस भएमा क्षयरोगको परिक्षण गर्न केन्द्रले अनुरोध समेत गरेको छ ।
    नियमित औषधीको सेवन बाट यो रोग निको हुने र आफ्ना सम्पर्कमा आएर उपचार गराएका ९० % बिरामी निको भएका केन्द्रको दावी छ ।

    नेपाल सरकारले क्षयरोगको उपचारमा सन १९९६ देखि प्रभावकारी सेवा डट्स उपचार विधि सुरु गरेको छ । नेपालमा क्षयरोगको उपचारका लागि ४ जिल्लाबाट सुरु गरीएको यो सेवा अहिले देशभर ४३२१ डट सेवा केन्द्रहरुमा रहेका छन् ।

    आज ठिमीस्थित रास्ट्रिय क्षयरोग केन्द्र आएर नेपालमा क्षयरोगको अबस्था बारे प्रम केपी ओलीले जानकारी लिने कार्यक्रम तय भएको र उक्त अवसरमा प्रम ओलीबाट अस्पताल भवन समेत उद्घाटन गरिने केन्द्रका निर्देशकले जानकारी गराएका छन ।

    प्रतिकृया दिनुहोस्

    प्रेस सेन्टर काभ्रेमा नयाँ नेतृत्व

    काभ्रे । प्रेस सेन्टर नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । बनेपामा...

    स्पीच कम्पिटिसन आयोजना गर्दै लियो क्लब अफ काठमाडौं सौहार्द

    काठमाडौं, १ माघ,  २०८१ । लियो क्लब अफ काठमाडौं सौहार्दले ‘आवाज मञ्च’ नामक स्पीच कम्पिटिसन...

    उपभोक्ता हित नहेर्ने भाट्भटेनी स्टोर्सलाई जरिवाना

    ललितपुर, । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोस्थित भाटभटेनीलाई दस हजार जरिवाना गरेको छ।...

    अक्सफोर्ड प्राक्टिकल स्कूलको विन्टर क्याम्प सम्पन्न

    अक्सफोर्ड प्राक्टिकल स्कूलले निकै प्रतिक्षित विन्टर क्याम्प २०८१ पुस २६ र २७ गते बन जंगल...

    सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त

    सानोठिमी क्याम्पसका उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठले क्याम्पस प्रमुखको जिम्मेवारी पाएका छन् । देशभर दुई...