News Portal

  • हरिवन-११ का वडा अध्यक्ष आफैँ आमरण अनसनमा

    प्रेमनाथ पाैडेलसर्लाही, चैत्र १०
    ८५५ पटक
    सर्लाही, चैत्र १०

    हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेख मेहवुव रेजा शनिवारबाट आमरण अनसनमा बसेका छ्न । किसानले उखुको भुक्तानी नपाएको भन्दै वडा अध्यक्ष आमरण अनसनमा बसेका हुन् ।

    महिनाैं अघि उखु बेचेका किसानले पटक पटक ध्यानाकर्षण गराउँदा समेत इंन्दुशंकर चिनी उद्योगले भुक्तानीका लागि कुनै चासो नदिएपछि यहाँका किसान आन्दोलित भएका छन् । किसानलाइ साथ दिँदै वडा अध्यक्ष शेख मेहवुव आफैं आन्दोलनमा सरीक भएका हुन् ।
    चैत्र २ गतेबाट शुरु किसान आन्दोलनमा अध्यक्ष रेजाकै नेतृत्वमा शुक्रवार इंन्दुशंकर चिनी उद्योगको मूल गेटमा ताला लगाई उद्योगको प्रशासन ठप्प पारिएको थियो । बिभिन्न संघ संगठन, राजनितिक दल लगायतले समेत आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।
    इभक्तपुरसंग कुरा गर्दै वडा अध्यक्ष शेख मेहवुवले आफु जनप्रतिनिधि संगै किसान पनि भएकोले आन्दोलन गर्नु आफ्नो अधिकार समेत भएको भनेका छन् । किसानले न्याय नपाएपछि कुनै बिकल्प नभएर आफुले यो बाटो अपनाएको उनको दावी छ ।

    आन्दोलनमा सर्लाही क्षेत्र नम्बर ३ ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य डिल्ली उप्रेती, सर्लाही क्षेत्र नम्बर ३ कै पूर्व निर्वाचित सांसद हरि उप्रेती, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई, उपमेयर रेणुका पौडेल, सवै वडाका वडा अध्यक्षहरु, समाजसेवी विदुर प्याकुरेल, चुडामणि वाग्ले, भरत कुमार कार्की, माओवादी नेता कमल बुढाथोकी लगायतले समेत ऐक्यवद्धता जनाएका छन र आन्दोलनलाई साथ दिएका छ्न । अब पनि उखुको भुक्तानी नभए वडा नम्वर ८, ९ र १० वडा अध्यक्ष पनि आमरण अनसनमा वस्ने उनीहरुले जानकारी गराए ।

    उद्योगलाई उखु बुझाएको साँढे तीन महिना विति सक्दा समेत किसानलाई उखुको भुक्तानी नदिएकोले रहरले नभै बाध्यताले आमरण अनसन सुरु गर्नु परेको नेपाल उखु उत्पादक किसान संघका केन्द्रीय अध्यक्ष राजकुमार उप्रेतीले बताए ।

    नेपाल उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनालीले उखुको भुक्तानी माग्दै किसानले सुरु गरेको आन्दोलन जायज भएको भन्दै आन्दोलन प्रती आफुहरुको पनि समर्थन रहेको बताए ।

    त्यस्तै माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका २ नम्बर प्रदेश इंन्चार्ज ध्रुव प्रसाद ढकालले पनि प्रेस विज्ञप्ती निकाल्दै उखु किसानहरुको आन्दोलन प्रति ऐक्यवद्धता जनाएका छन ।

    तर चिनी उद्योगले भने चिनी विक्रि नभएकै कारण उखुको भुक्तानी दिन नसकिएको बताउँदै आएको छ ।

    यसैवीच, नेपाल उखु उत्पादक किसान संघ, मिलगेट उखु उत्पादक समिति, नेपाल उखु उत्पादक संघले उखुको भुक्तानीको माग गर्दै बिहान इंन्दुशंकर चिनी उद्योगको मुलगेट बाटै जुलुस निकालेका थिए । उखुको भुक्तानी तुरुन्त गर, हरिवनमा फैलिएको धुवाँ, धुलो, दुर्गन्ध नियन्त्रण गर भन्ने नारा लेखिएका प्लेकार्ड सहित किसानहरुले निकालेको जुलुस हरिवन नगरपालिका परिक्रमा गर्दै पुनः इंन्दुशंकर चिनी उद्योगमै गएर सभामा परिणत भएको थियो । सभालाई किसान नेताहरु राजकुमार उप्रेती, यूवराज लुईटेल, सीताराम पोख्रेल, डोर प्रसाद भट्टराई, प्रह्लाद बुढाथोकी, ओम बहादुर सुवेदी,ज्ञान प्रसाद सुवेदी लगायतले सम्बोधन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    संसदमा अरुलाई गालीगलौज गरेर आफ्नो उपस्थिति देखाउने दौडमा म छैन : दुर्लभ थापा

    durlav thapa

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले आफू जनताको प्रतिनिधि भएकाले जनताको...

    सीटीइभीटीको जीप सुनकोशीमा खस्दा २ निर्देशक र एक अधिकृत बेपत्ता

    भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) को जीप सुनकोशीमा खस्दा २ निर्देशक...

    नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले...

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको...

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले)...