News Portal

  • एमालेले सुन तस्करी गरेको बिजुक्छेको बयान : भन्छन्,’यस्ता पार्टीको बिरोध नगरे के गर्ने ?”

    इभक्तपुर संवाददाताभक्तपुर, ११ चैत
    १७३० पटक
    भक्तपुर, ११ चैत

    नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा एमालेको तस्करसंग साँठगाँठ हुने गरेको खुलासा गरेका छन् । एमाले नेताहरुले सुन तस्करसंग मिलेर पार्टी कार्यालय बनाएको आफुसंग स्वीकार गरेको खुलासा गर्दै अध्यक्ष बिजुक्छेले यस्ता दलले देश नबनाउने दावी गरे ।

    शनिवार जगातीको एक होटलमा भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघको बार्षिक साधारण सभा र चौथो अधिवेशनको उद्घाटन गर्दै उनले उक्त खुलासा गरेका हुन् ।

    बल्खुस्थित कार्यालय कसरी बन्यो भनेर आफुले जिज्ञासा राख्दा तत्कालिन एमाले महासचिवले बामदेव गौतमले बनाएको बताएका र उनीसंग सोध्दा सुन ब्यापारीले सहयोग गरेको सजिलो जवाफ पाएको भन्दै नेता बिजुक्छेले पछि हवाई अड्डाको अनुगमनमा पुगेको आफुहरुको टोलीले गृहमन्त्री रहेका बामदेव नै सुनको सीटमा बसेर तस्करीमा संलग्न पाएको दावी गरे ।

    अध्यक्ष बिजुक्छेले नेताहरुले अहिले लगाइरहेको समृद्धिको रटान पनि सुगा रटान मात्र भएको आरोप लगाएका छन । आर्थिक समृद्धि बोलेर होइन, योजना बनाएर मात्र आउने भन्दै बिजुक्छेले सरकारमा बस्नेहरु जनताको नभई उनको परिवार र पार्टीको मात्र समृद्धि तिर लागिपरेको जिकिर गरे ।

    ” उद्योग मन्त्री उद्योगहरुको भ्रमणमा निस्कन्छन र मोटो रकम असुली गर्छन । उद्योगलाई राम्रो गराउने भन्दा उनीहरुको ध्यान कति कमाउने भन्ने मात्र हुन्छ । ” उनले भने ।

    त्यतिमात्र होइन, नेता बिजुक्छेले संघियता पनि घातक हुन् सक्ने संकेत गरेका छन । ”अहिलेको प्रदेश जनप्रतिनिधिको हातमा सत्ता दिनु गाडी चलाउन नजान्नेको हातमा गाडीको साचो दिनु जस्तै हो । यसले अवश्य दुर्घटना निम्तिन सक्छ ।” उनले भने ।

    आफुहरुले ठुला दलहरुलाई जहिल्यै सचेत गराउदै आएको स्मरण गर्दै नेता बिजुक्छेले आफू र आफ्नो पार्टीलाई जहिल्यै विरोधीको रुपमा बुझ्नु नहुने जिकिर गरे । ”ठुला दल र सरकारको काम नै हेरिनसक्नु छ , अनि बिरोध नगरेर के गर्ने ?” उनले उल्टै प्रश्न गरे ।

    नेता बिजुक्छेले उक्त अवसरमा भक्तपुरका व्यवसायीले व्यवसायिक इमान्दारिता कायम राख्नुपर्ने भन्दै भक्तपुरका व्यवसायीबाट देशभरका व्यवसायीले नैतिकता र इमान्दारिता सिक्ने वातावरण बनाउन समेत आह्वान गरे ।

    कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले व्यवसायीको एक रुपिया कर पनि हिनामिना नगरिने बिश्वास दिलाउदै नगरपालिकामा व्यवसाय दर्ता गर्न र कर तिर्न अनुरोध गरेका थिए भने भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिलगायत विभिन्न व्यवसायिक संघसस्थाका प्रतिनिधिले उद्योग व्यवसायमा राज्यको उचित आँखा नपुगेको गुनासो गरेका थिए ।

    अध्यक्ष श्याम प्रसाद मानन्धरको अध्यक्षतामा भएको उक्त कार्यक्रमको अवसरमा भक्तपुर विधुतीय सामाग्री व्यवसायी संघले विभिन्न व्यक्तिहरुलाई प्रसंसा पत्रद्वारा सम्मान समेत गरेको थियो ।

    यसैबीच अधिवेशनले पुण्यराम खाताखोको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको नव निर्वाचित सह कोषाध्यक्ष अल्बर्ट बज्राचार्यले बताएका छन् । जसमा उपाध्यक्षमा ३ जना गंगाराम मानन्धर, माधवप्रसाद प्रजापति र रामगोपाल सुवाल रहेका छन भने महासचिवमा रुकेश रञ्जित, सचिवमा चन्द्रभक्त श्रेष्ठ, कोषाध्यक्षमा रामप्रसाद खर्बुजा र सहकोषाध्यक्षमा अल्बर्ट बज्राचार्य चयन भएका छन् ।

    त्यस्तै सदस्यहरुमा लक्ष्मीप्रसाद कोजू, श्यामसुन्दर नगरकोटी, श्याम दुवाल, शिवराम वैद्य र बुद्धिकुमार मुस्याख्व चयन भएको जानकारी प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले...

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको...

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले)...

    साना करदातालाई राहत : वार्षिक १ करोडसम्म कारोबार गर्नेले मासिक विवरण पेश गर्नु नपर्ने

    chicken station radheradhe

    साना करदातालाई बजेटले राहत दिएको छ । मूल्य अभिवृद्धि कर(भ्याट) मा दर्ता भई वार्षिक एक...

    १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

    सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ...