News Portal

  • प्रदेश ३ को स्थायी राजधानी काभ्रेमा तोक्न प्रस्ताव दर्ता : यस्तो छ कानुनी व्यवस्था

    इभक्तपुर संवाददाताहेटौँडा, चैत १५ गते
    १०९१ पटक
    हेटौँडा, चैत १५ गते

    अस्थायी राजधानी हेटौडा रहेको प्रदेश ३ को स्थायी राजधानी काभ्रेमा तोक्न प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालय हेटौँडामा उक्त प्रस्ताव दर्ता गरिएको हो ।

    काभ्रेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका नेकपा एमालेका चन्द्रबहादुर लामाले प्रदेश ३ को स्थायी राजधानी काभ्रे जिल्लाको धुलिखेलस्थित आईटी पार्कमा तोक्न प्रस्ताव गरेका हुन् । उनको समर्थकहरूमा काभ्रेकै प्रदेशसभा सदस्य एमालेका लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईं तथा नेकपा (माओवादी केन्द्र)का रत्न ढकाल रहेका छन् ।
    नेपालको संविधानमा प्रदेशको राजधानी प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने व्यवस्था रहेको छ ।
    श्रोतका अनुसार प्रदेश सभाको स्थायी मुकाम तोक्नेबारे सत्तारुढ दल नेकपा एमालेमै पनि एकमत भने रहेको छैन । प्रभावशाली प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेले धादिङ्गलाइ मुकाम बनाउनुपर्ने माग गरेका छन् भने हेटौडा हुनु अघि नै भक्तपुर एमाले वृत्तको रोजाइमा भएको चर्चा थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...