News Portal

  • सबै बस बन्द गर्ने भक्तपुरका व्यवसायीको धम्की : रुट परमिट खारेज गरिदिने सरकारको चेतावनी

    इभक्तपुर संवाददाताभक्तपुर, १९ चैत
    १९९६ पटक
    भक्तपुर, १९ चैत

    राजधानीको नाकैनिर बसेर सिन्डिकेटको समर्थन गर्ने भक्तपुरका व्यवसायीलाई सरकारले तह लगाउने भएको छ । सिन्डिकेट अन्त्य गराउने उदेश्यले यातायात व्यवस्था विभागले नयाँ निर्देशिका ल्याएको दिन बाटै अनिश्चित कालिन यातायात बन्द घोषणा गरेका भक्तपुरका यातायात व्यवसायी लाई सरकारले तह जगाउने भएको हो ।

    प्रधानमन्त्री केपी ओली , गृह मन्त्री राम बहादुर थापा र यातायात मन्त्री रघुबीर महासेठ नै सिन्डिकेटका कट्टर बिरोधी भएकोले सिन्डिकेटको समर्थनमा आन्दोलनरत व्यवसायीको रुट परमिट नै खारेज गर्नेसम्मको तयारी भएको बिभाग श्रोतले बतायो ।

    विभागले आइतवार ‘यातायात व्यवस्थापन कार्याविधि निर्देशिका, २०७४’ जारी गर्दै यातायात क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गराएको हो । तर, भक्तपुरमा भने नयाँ बस सेवालाइ संचालनको अनुमति दिएको भन्दै आइतवारबाटै अनिश्चितकालिन यातायात बन्दको घोषणा गरिएको छ ।

    भक्तपुरमा साझा यातायात भित्राउदा बिरोध गरेका व्यवसायीले मयुर यातायातका बससमेत कुद्न थालेपछि बन्दको घोषणा गरेका हुन् । भक्तपुरको साघुरा र कच्ची सडकहरुमा चल्ने बसहरु आजदेखि अनिश्चितकालका लागि बन्द भएको भक्तपुर मिनिबस सेवा समितिले जनाएको छ ।

    एक दर्जन व्यवसायी समिति आबद्ध रहेको कोटेश्वरपूर्व यातायात समन्वय समितिको निर्णयबाट सेवा ठप्प पारिएको बताइएको छ । आन्दोलित समितिले चिल्ला बाटामा नाफा कमाउन नदिने भए बिग्रेका बाटामा गाडी नकुदाउने भन्दै आन्दोलनको बाटो समातेका हुन् ।

    नगरकोट, तेलकोट, दुवाकोट, बालकोट, सिरुटार, सिपाडोल, डोलेश्वर, चाँगुनारायण, झौखेल, छालिङ, ताँथलीलगायतका ग्रामिण रुटमा दिदै आएको बस सेवा आइतवारदेखि अनिश्चितकालका लागि ठप्प पारिएको हो ।

    सोमवार अरनिको राजमार्गमा समेत व्यवसायीको समितिको आह्वानमा बिहान ९ देखि १० बजेसम्म भक्तपुर खण्डमा सार्वजनिक यातायात चलेनन । चैत २१ गतेदेखि कोटेश्वरबाट अरनिको राजमार्ग भएर चल्ने सबै सार्वजनिक सवारी बन्द गर्ने समेत आन्दोलित यातायात व्यवसायीले धम्की दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...