News Portal

  • ५ मन्त्रालयका लागि १ दर्जन सचिवको दरबन्दी

    इभक्तपुर संवाददाताकाठमाडौ, २१ चैत
    ७८४ पटक
    काठमाडौ, २१ चैत

    सरकारले ५ वटा मन्त्रालयका लागि १२ सचिवको दरबन्दी कायम गरेको छ । मन्त्रालयको संख्या ३१ बाट २१ मा घटाउँदा एकआपसमा जोडिई एकीकृत भएका ५ मन्त्रालयमा सचिवको दरबन्दी बढाइएको हो ।

    मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमा तीन र तीन तथा शिक्षा, युवा तथा खेलकुद, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दुईरदुई सचिवको दरबन्दी कायम गरेको हो ।

    अर्थ मन्त्रालयमा मात्र लामो समयदेखि दुई सचिव छन् । मन्त्रालयको संख्या घटेपछि फाजिलमा परेका सचिवहरूलाई अधिकार र दायित्व दिन मन्त्रालयहरूमा विशिष्ट श्रेणीको दरबन्दी बढाइएको जानकारी मन्त्रिपरिषद् स्रोतले दियो ।

    अब २ र ३ जना सचिव रहेका मन्त्रालयमा सबैले आ–आफ्नो दायित्वभित्र परेका कामकारबाहीमा विशिष्ट श्रेणीको प्रशासनिक प्रमुखका रूपमा काम गर्न पाउनेछन् ।

    ती मन्त्रालयमा सचिवहरू सेवा निवृत्त वा सरुवा भएपछि एक जना मात्र राख्ने गरी हाललाई दरबन्दी बढाइएको जानकारी मन्त्रिपरिषदका एक अधिकारीले दिए । ‘भविष्यमा अर्थमा मात्र दुई जना सचिव रहनेछन्, बाँकीमा एक र एक जना मात्र सचिव रहनेछन्,’ ती अधिकारीले भने ।

    प्रतिस्थापन विधेयक पेस गरिने
    मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षा, सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न संसद्मा विधेयक पेस गर्ने निर्णय गरेको छ ।

    यस्तै, सरकारले महान्यायाधिवक्ता संयोजक रहेको विधेयक सहजीकरण समितिमा पूर्वकानुन सचिव कमलशाली घिमिरेलाई सदस्य नियुक्त गरेको छ । प्रदेशका लागि नमुना कानुन बनाएर सहयोग गर्न तथा मुलुकलाई आवश्यक कानुन मस्यौदा गर्न यो समिति गठन गरिएको हो । (कान्तिपुर दैनिक)

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...