News Portal

  • विभिन्न क्षेत्रका ब्यक्तिहरुले पटक पटक जर्बजस्ति करणीको आशय राखेको उपमेयरको खुलासा

    काभ्रे, २१ चैत
    ११३४ पटक
    काभ्रे, २१ चैत

    नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङले एकल महिलाको अध्यक्ष भईरहँदा पटक पटक जर्बजस्ति करणीको आशय विभिन्न क्षेत्रका ब्यक्तिहरुले गरेको खुलासा गरेकी छिन् । ‘म एकल महिला भन्ने थाहा पाएर एक एनजिओका प्रमुखले ३ करोडको बजेट दिन्छु भन्दै आशय करणी ब्यक्त गरे’–उपप्रमुख रामदेवीले भनिन् ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आयोजना गरेको जर्बजस्ति करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्यक्रममा बोल्दै उपप्रमुख तामाङले अनुभुति सुनाएकी हुन् ।

    ‘कयौ पटक केहि कार्यालय प्रमुखहरु, राजनीतिक दलका नेताहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुबाट आफुलाई आशय करणी ब्यक्त भएको छ’–उनले भनिन–‘प्रतिवाद गर्नेहरुलाई जर्बजस्ती करणी गर्ने आँट हुँदैन, केहि महिलाहरु आफ्नै कारण जर्बजस्ति करणीमा समेत परेका छन् ।’ जर्बजस्ति करणी अपराध न्युनीकरणका लागि महिलाबाट पुरुष, पुरुषबाट महिला दुबै सचेत हुनु पर्ने रामदेवीले बताईन् ।

    जिल्लाका १३ वटै स्थानीय सरकारका प्रमुख, उपप्रमुखहरु, सामाजिक संघ सस्थाका प्रमुख प्रतिनिधिहरु, सरकारी वकिल, पत्रकार लगायतको सहभागितामा प्रहरी कार्यालयले अपराध न्युनिकरणका लागि सबै क्षेत्रको प्रयास आवश्यक रहेको धारणा ब्यक्त गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी सहकुलबहादुर थापाले दैनिक जर्बजस्तिकरणीका घटनाहरु दर्ता हुने गरेकाले यसलाई रोकथाम गर्न सबै क्षेत्रबाट सहयोग आवश्यक भएको बताए ।

    जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडा, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, उपप्रमुख रामदेवी तामाङ, सरकारी वकिल तिलक कार्की, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले अपराध न्युनिकरणका लागि सरकारी निकायसँगै स्थानीय क्षेत्रका सबै संघ संस्था र सबै क्षेत्र सक्रिय हुनु पर्ने बताएका थिए ।

    जिल्ला कारागार कार्यालय काभ्रेपलाञ्चोकमा मंगलबारसम्ममा ३१ जना कैदी र ३७ जना बन्दी जर्बजस्तिकरणी मुद्दामा थुनामा रहेका छन् । केहि मुद्दाहरु प्रहरीको अनुसन्धानमा जारी छन् ।

    जिल्लामा विद्यालयका प्रिन्सिपल देखि बाबुले छोरी बलात्कार गरेका घटना दर्ता भएका छन् । २ वर्षकी बालिका देखि ८५ वर्षसम्मका बृद्धहरुसम्म ११ वर्षको बालक देखि ८५ वर्षको बृद्धसम्मले बलात्कार गरेका छन् । (नेपाल समाचार पत्र दैनिक)

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...