News Portal

  • शिक्षामा भक्तपुर भयो पहिलो : आफैले पाठ्यक्रम बनाउदै गरेको मेयर प्रजापतिको प्रस्टोक्ति

    संजीप शुभचिन्तकभक्तपुर, २४ चैत
    १३७२ पटक
    भक्तपुर, २४ चैत

    भक्तपुर नगरपालिका आफैले पाठ्यक्रम बनाउने भएको छ । आफ्नो नगरपालिकाको शैक्षिक आवश्यकता अनुरुप नगरपालिका आफैले पाठ्यक्रम निर्माण गर्न लागेको हो ।

    शनिवार दुधपाटीस्थित लिटल वर्ल्ड इंगलिस स्कूलको अभिभावक दिवस तथा पूर्व प्राथमिक तहको दीक्षान्त समारोहमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले उक्त खुलासा गरेका हुन् । ” हामी देशभरी नै पाठ्यक्रम बनाउने संभवत: पहिलो नगरपालिका हुदैछौ ।” उनले भने ।

    मेयर प्रजापतिले शिक्षालाई ज्ञान र विज्ञानसंग जोड्ने जिकिर गर्दै त्यसको लागि केन्द्रिय पाठ्यक्रम उपयुक्त नभएको दावी गरे । बर्तमान केन्द्रिय पाठ्यक्रम पुरानो र असान्दर्भिक भएको भन्दै उनले देशका शैक्षिक जनशक्ति बिदेशिनुमा पाठ्यक्रमको दोष रहेको आरोप लगाए ।

    ”राम्रा विद्यार्थीहरुको उत्पादन गर्न राज्यले अर्बौ लगानी गर्छ, बर्षौको बिद्यार्थी, शिक्षक र शिक्षाकर्मीहरुको मेहनतबाट उत्पादित विद्यार्थी देश छोडेर बिदेश भासिन्छ । यो भन्दा दुखद कुरा के हुन्छ ?” उनले उल्टै प्रतिप्रश्न गरे ।

    मेयर प्रजापतिले भक्तपुर नगरपालिकाले भक्तपुरको इतिहास , भूगोल , कला , सस्कृति र पेशा लगायतलाई समेटेर पाठ्यक्रम बनाइरहेको भन्दै भक्तपुरको पाठ्यक्रमले विद्यार्थीलाई योग्य, दक्ष बनाउने मात्र होइन देशभक्त नागरिक बनाउने समेत दावी गरे ।

    अहिलेका हाम्रा शिक्षित युवा भनिएकाहरु बिदेशमा बसेर देशलाई गाली गर्नेहरु भए , हामी यो प्रवृत्ती पुरै बदलिदिन चाहन्छौ, देशभक्तिको भावनाले भरिएको पाठ्यक्रम नै हाम्रो मुख्य ध्येय हो ।” उनले भने ।

    मेयर प्रजापतिले शिक्षाबाटै समृद्धि सम्भव हुने दावी गर्दै त्यसको लागि भक्तपुर नगरपालिकाले नमूना बनेर काम गर्ने बताए । भक्तपुर नगरपालिकाले नमूना कलेज संचालन गरेर देशमा ‘गरे सम्भव हुने’ संदेश दिन सफल भैसकेको भएपनि बिद्यालय तहमा काम गर्न पहिले कानुनले बन्देज गरेकोले गर्न नसकेको बताउदै अहिलेको स्थानीय तहमा शिक्षाको अधिकार आइसकेको अवस्थामा विद्यालय तहमा पनि नमूना गरेर देखाउने उनले दावी गरे ।

     

    उक्त कार्यक्रममा भक्तपुर नगरपालिका- १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले शिक्षालाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको सुनाउदै राम्रो गर्नेहरुलाई आफ्नो सधै साथ् रहने जनाएका थिए भने बिद्यालयका प्रिन्सिपल रुपेन्द्र पोखरेलले विद्यालयलाई अझ व्यवस्थित बनाएर लैजाने प्रतिबद्धता प्रकट गरे ।

    बिद्यालयका अध्यक्ष पदमध्वज कार्कीको अध्यक्षतामा संचालित कार्यक्रमको संचालन सर्मिला कर्माचार्यले गरेकी थिइन् ।

     


    उक्त अवसरमा पूर्व प्राथमिक तह उतीर्ण विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो भने बिभिन्न विधामा उत्कृष्ट गर्ने विद्यार्थीहरु पनि पुरस्कृत भएका थिए । त्यसैगरी एक दिन पनि गयल नभई बिद्यालयमा सत प्रतिसत उपस्थित भएका सुनेरा श्रेष्ठ, प्रयोग बडाल र विवेक्षा श्रेष्ठलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो ।

    विद्यार्थीहरुले विभिन्न प्रतिभा देखाएको उक्त कार्यक्रममा अतिथिको रुपमा आएका राष्ट्रिय कलाकार सूरवीर पण्डित’दारी बा ‘ लगायतले हास्य प्रस्तुती गरेका थिए ।

     

     

    प्रतिकृया दिनुहोस्

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...

    भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरको न्यानाे ज्याकेट

    प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । भूकम्पबाट पालमुनि...

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...