News Portal

  • सुव्यवस्था बनाउन मानव अधिकारवादीको माग : भक्तपुरका प्रजिअ पोखरेल भन्छन ‘पानी मुनी गएपनि छाड्दैनौ’

    इभक्तपुर संवाददाताभक्तपुर, २६ चैत
    ८६० पटक
    भक्तपुर, २६ चैत

    नौ दिन आठ रातसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको सम्पूर्ण तयारी पुरा भएको छ । भोली बिहानबाट शुरु हुने जात्रा नौ दिन आठ रातसम्म चल्नेछ ।

    तौमढीबाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुने यो जात्रा आगामी वैशाख ५ गते रथ लाई गहिटी पुर्याएपछि सम्पन्न हुनेछ ।

    भक्तपुरको पहिचानकै रुपमा समेत रहेको बिस्केट जात्रा भक्तपुरको मौलिक जात्रा हो । बिस्केटसंगै भक्तपुरमा रौनक र चहलपहल बढेको देखिन्छ । तर यो जात्रा लाई रिसिवी साध्ने माध्यमका रुमपा दुपयोग गर्दा भक्तापुरवासीमा अप्रिय घटनाको भय देखिन्छ ।

    मुख्य गरी भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच विगतमा जस्ते ढुङ्गा हान्ने र झगडा गर्ने कार्यले सर्वसाधारण त्रसित रहन्छन । जिल्ला प्रशासन कार्यालय भक्तपुरले भने विगतमा जस्तो भयको बातावरण नहुने दावी गरेको छ । जिप्रकाले आज एक कार्यक्रमका बीच उक्त दावा गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी द्रोण प्रसाद पोखरेलले सोमबार जिप्रकाको नेतृत्वमा विभिन्न संघ सस्थाले आज तौमधीमा आयोजना गरेको सचेतनामुलक कार्यक्रममा बोल्दै अराजक हर्कत गर्न खोज्नेलाई पानी मुनी गएपनि नछोडिने बताएका छन ।

    प्रजिअ पोखरेलले ऐतिहासिक एवं सांस्कृतिक महत्वको जात्रालाई शान्तिपूर्ण रुपमा मनाउनु पर्ने र ढुङ्गा हान्ने र जात्राको बाताबरण बिथोल्नेलाई प्रशासनले कुनै हालतमा नछाड्ने जिकिर गरे ।

    उनले यसवर्ष ३ दर्जन ठाउमा सिसी क्यामराद्वारा निगरानी हुने र १ हजार ३ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने बताउदै गडबड गर्न खोज्नेलाई पानी मुनी गएपनि नछाडिने दावी गरे ।

     

    यसैबीच नेपाल मानव अधिकार संगठन , जिल्ला शाखा भक्तपुरले जात्रा मनाउन पाउनु मौलिक सास्कृतिक अधिकार भएको भनेको छ ।संगठनले बिस्वमै प्रख्यात बिस्केट जात्रा शान्तिपूर्वक र हर्सोल्लाससाहित सम्पन्न गर्न गराउन सरोकारवाला निकायका साथै सर्वसाधारणमा समेत प्रेस बिज्ञप्ति मार्फत अपील गरेको छ । जिल्ला सभापति रामकृष्ण मानन्धर द्वारा जारेदे प्रेस बिज्ञप्तीमा यसलाई भक्तापुरवासीको मात्र नभई सम्पूर्ण नेपाली र विश्ववासीकै जात्रासमेत भएको भनिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...