News Portal

  • बैशाख पहिलो हप्ताभित्र अस्थायी शिक्षक परीक्षाको मिति तय गर्न शिक्षक महासंघको अल्टिमेटम

    इभक्तपुर संवाददाता
    ७०२ पटक

    काठमाडौँ । नेपाल शिक्षक महासंघले अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षाको मिति तय गर्न सरकारलाई बैशाख पहिलोहप्ता सम्मको अल्टिमेटम दिएको छ । बैशाख पहिलो हप्ताभित्र अस्थायी शिक्षकको आन्तरिक परीक्षा मिति तय नभए महासंघले चरणबद्ध आन्दोलन गर्ने जनाएको हो ।

    नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले तत्काल अस्थायी शिक्षकको आन्तरिक परीक्षाको मिति तय नगरिए महासंघले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

    नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौँ जिल्ला समितिले ३९ औं शिक्षक दिवसका अवसरमा आयोजना गरेको सम्मान तथा नयाँ वर्षको शुभकामना आदन प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अस्थायी शिक्षकको परीक्षा मिति तत्काल तय सरकारसँग आग्रह गरेका हुन् ।
    थापाले लामो समयदेखिको अस्थायी शिक्षकको समस्या समाधानका लागि विगतमा सरकार र आफूहरूबीच भएको सहमतिको पालना नभएसम्म खबरदारी जारी रहने स्पष्ट पारे ।

    यसैगरी, नेपाल शिक्षक महासंघकी उपमहासचिव कमला तुलाधरले बैशाख पहिलो हप्ता भित्र अस्थायी शिक्षकको आन्तरिक परीक्षाको मिति तय नगरिए आन्दोलनको आँधीवेहरी सिर्जना गर्ने चेतावनी दिइन् । शिक्षकका समस्या समाधान बिना शैक्षिक विकास नहुने र शैक्षिक विकास बिना समृद्ध मुलुक सम्भव नरहेको प्रति उहाँको जोड थियो ।

    नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष बाबुराम थापाले सरकारको विगत देखिनै शिक्षकलाई हेर्ने दृष्टिकोणमा सुधार नआएको बताए । अस्थायी, राहत, विद्यालय कर्मचारीलगायतका मुद्दा यथासिघ्र सम्बोधन हुनुपर्नेमा अधिकारीको जोड थियो ।

    नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौंका अध्यक्ष विष्णुप्रसाद पनेरुले शिक्षकमा रहेका माम समस्याका कारण सिकाइ राम्रो हुन नसकेको भन्दै शिक्षकहरुका समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे । अस्थायी शिक्षकको समस्या समाधान गर्नका लागि तत्काल अस्थायी शिक्षक परीक्षा मिति तय गर्नुपर्नेमा पनेरुले जोड दिए ।

    कार्यक्रममा महासंघमा संगठनका तर्फबाट नवनिर्वाचितमध्ये अध्यक्ष थापा र उपमहासचिव कमला तुलाधरलाई संगठनका पूर्वअध्यक्ष डा बाबुराम अधिकारी, संगठनका काठमाडौं जिल्ला अध्यक्ष पनेरु, महानगर समितिका अध्यक्ष डिल्ली शर्मालगायतले सम्मान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    घिमिरे गाउँमा भेटिएको शवको पहिचान, हत्या आरोपमा सुडालका एकसहित २ जना सार्वजनिक

    भक्तपुरको सीमाना संगै जोडिएको काभ्रेको बनेपा १ स्थित घिमिरे गाउँमा आइतवार बिहान मृत अवस्थामा भेटिएका...

    आज बर्षाको सम्भावना

    नेपाल र भारतको बिहार त्था पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले सोमबार देशभर...

    बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक छैन : विप्लव

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक नरहेको बताएका छन् ।...

    शिक्षकले राजनीति गर्न पाउनुपर्छ र एसईई पनि हटाउनु हुँदैन : प्रेम सुवाल

    prem suwal

    भक्तपुर १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शिक्षा बिधेयकमा उल्लेख शिक्षकले राजनीति गर्न नपाउने...

    प्रधानमन्त्रीको चीन भ्रमणले समृद्धिका लागि सम्भावनाको नयाँ ढोका खोल्यो : माओवादी केन्द्र

    नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले विश्वासको वातावरण बनाउँदै...