नेकपा एमाले र नेकपा माओवादी केन्द्र्रबीच पार्टी एकताबारेआज निर्णायक वार्ता हुने भएको छ ।
उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपात लगायतका विषयमा छलफल हुने छ ।
एमाले अध्यष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले मंगलबार केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएका छन् ।
वार्तामा सहमति जुटे वैशाख ९ गते पार्टी एकता हुनेछ ।,आजको नागरिकमा यो खबर छ ।