News Portal

  • अन्न पिसाउन घण्टौं जंगलको बाटो

    ८९१ पटक

    प्युठान – कुटानीपिसानीका लागि गाउँमा मिल नहुँदा माण्डवी गाउँपालिका-५ उदयपुरकोट सिरुबारी प्युठानका स्थानीयले सास्ती खेप्दै आएका छन्। दुई घण्टा पैदल हिँडेर स्थानीय अन्न कुटानीपिसानी गर्न सल्लीखर्क र उदयपुरकोटसम्म पुगने गरेका छन्।

    गाउँलेमा मिल सञ्चालन गर्ने चाहना भए पनि विद्युत् क्षमता नहुँदा समस्या भएको स्थानीयको गुनासो छ। ‘दुई घण्टा जंगलको बाटो हिँडेर मिलमा पुग्छौँ’, सिरुबारीकी स्थानीय शिवा खत्रीले भनिन्, ‘गाउँमा मिल छैन। पुस्तौंदेखि यही समस्या छ।’ अन्नपूर्ण पोस्टको पृष्ठ १० मा समाचार छापिएको छ ।

    मकै, गहुँ, धान पिसाउन मिलमा पुग्नुपर्ने बाध्यता रहेको शिवाको भनाइ छ। ‘घरमा जाँतोमा पिस्ने चलन हराइसक्यो’, सोही ठाउँकी ५० वर्षीया सरस्वती खत्रीले भनिन्, ‘जाँतोमा दुई÷चार माना पिसाउन त सकिन्छ। तर, धेरै पिसाउन मिलमै पुग्नुपर्छ।’ गाउँमा मिल राख्नका लागि विद्युत् जडान गरिदिन वर्षौंदेखि आग्रह गरे पनि माग सुनुवाइ नभएको उनको गुनासो छ।

    ‘एकपटक सात÷आठ पाथी अन्न लिएर पिसाउँछौँ’, खत्रीले भनिन्, ‘जंगलको बाटो राति हिँड्न डर हुन्छ।’ गाउँका झण्डै ७० घरधुरीले मिल नहुँदाको यस्तो समस्या भोग्दै आइरहेका छन्। ‘कतिपयले मिल राख्न चाहना गरेका छन्’, खत्रीले भनिन्, ‘तर बिजुली नभएर मिल राख्न सकेका छैनन्।’

    पैसा भएका ८÷१० जनाले गाउँमा मिल सञ्चालन गर्ने योजना सुनाएको वडाध्यक्ष हेमराज वलीले बताए। ‘सुरुमा मैले पनि मिल राख्न मन गरेको थिएँ’, उनले भने, ‘तर बिजुलीको क्षमता नभएर काम अघि बढेन।’ गाउँमा ‘टुफेज’को मात्र लाइन विस्तार भएको उनले जानकारी गराए। वलीका अनुसार मिल सञ्चालन गर्न ‘फोरफेज’ क्षमताको विद्युत् लाइन आवश्यक पर्छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...