News Portal

  • नक्कली शैक्षिक प्रमाणपत्र र भाडामा परिक्षार्थी प्रयोग गरी सेनामा भर्ती भएपछि

    इभक्तपुर संवाददाताकाठमाडौं, १२ वैशाख
    ११५१ पटक
    काठमाडौं, १२ वैशाख

    नक्कली शैक्षिक प्रमाणपत्र र भाडामा परिक्षार्थी प्रयोग गरी सैनिक जवानमा भर्ती गराउने एक गिरोहलाई बाँकेको कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सेनाको आग्रहका आधारमा नै उक्त गिरोहका सदस्यहरू बैजनाथ गाउँपालिका–१ चिसापानीका २८ वर्षीय टीकाराम बस्नेत, २२ वर्षीय वसन्त विक र सप्तरी घर भएका ३७ वर्षीय राजेश यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कोहलपुर प्रहरीले जनाएको छ ।

    सुर्खेतका एक व्यक्तिलाई नेपाली सेनाको सैनिक जवानमा भर्ती गर्न रकम लिएर नक्कली प्रमाणपत्र उपलब्ध गराउनुका साथै फिजिकल, दौड, बेरिङ चेक, मेडिकललगायतका कममा भाडाका व्यक्तिहरू प्रयोग गरिएको थियो । गिरोहले सरकारी छापको प्रयोग गरेर हुबहु सक्कलीजस्तै देखिने प्रमाणपत्र तयार पारेका थिए ।

    इलाका प्रहरी कार्यालयका अनुसन्धान अधिकृत तथा प्रहरी निरीक्षक निरञ्जन घिमिरेले नेपाली सेनामा भर्ना भएका ती व्यक्तिले चितवनमा भइरहेको सैन्य तालिमका क्रममा छनोट परीक्षामा गरेको उपलब्धिविपरीत काम गरेपछि भर्नामा किर्ते भएको सेनाले आशंका गरी अनुसन्धानका लागि आग्रह गरेको बताए । प्रहरीले खोज्दै जाँदा बस्नेत, विक र यादवलाई पक्राउ गरिएको घिमिरेले बताए ।

    उनले भने, ‘छनोट प्रक्रियाअन्तर्गतको दौड, बेरिङ चेक, फिजिकल, मेडिकल र लोकसेवा (लिखित) परीक्षामा प्रत्येकमा अलगअलग व्यक्तिको फोटो टाँसेर जाँच दिन लगाएको र पास भएपछि उनीहरूलाई पैसासमेत बस्नेतले नै दिएको पाइएको छ ।’

    बस्नेतको घरबाट नेपाली सेनाको लोगो भएको छाप तथा अन्य सामग्री फेला पार्नुका साथै २ लाखबढी रकम लिइएको अनुसन्धानका क्रममा खुलेको घिमिरेले बताए । विकले मेडिकल जाँच गराएबापत १० हजार र यादवले प्रमाणपत्र बनाइदिएबापत साढे १७ हजार बस्नेतबाट लिएको अनुसन्धानका क्रममा खुलेको छ । यादव सूर्योदय मावि चिसापानीका शिक्षक हुन् ।उनले बैजनाथको टिटिहिरियाको एक निजी विद्यालयबाट ती व्यक्तिले ८ कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाइदिएका थिए ।

    निजी विद्यालयबाट ८ कक्षा पास गरेको व्यक्तिले तालिमका क्रममा आफ्नो नाम लेख्न नसकेपछि उनले पेस गरेका प्रमाणका आधारमा अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेको थियो । बस्नेतले नै दौडमा सहभागी भएको व्यक्तिलाई ६० हजार र लोकसेवा (लिखित) परीक्षामा सहभागी भएर जाँच दिने व्यक्तिलाई ३० हजार रूपैयाँ दिएको पनि प्रहरीले जनाएको छ ।

    दौड, बेरिङ चेक र लोकसेवाको लिखितमा सहभागी व्यक्तिलाई प्रहरीले खोजिरहेको छ । प्रहरीले उनीहरूलाई सरकारी छाप किर्ते र संगठित अपराधअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । नेपाली सेनाको इमान नगर ब्यारेकमा आवेदन फाराम भरेका, कौशिला नगरमा प्रक्रियाका जाँचहरू दिएका र सैन्य अस्पताल फुलटेक्राबाट मेडिकल पास गरी भर्ती भएका नक्कली सिपाही तालिमका लागि चितवनमा छन् ।(राजधानीबाट)

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...