News Portal

  • सर्लाही आएर प्रचण्डले भने – भ्रम त्यागे हुन्छ

    प्रेमनाथ पौडेल सर्लाही, १३ बैशाख
    १३७८ पटक
    सर्लाही, १३ बैशाख

    पार्टी एकता हुँदैन कि भन्ने भ्रममा नपर्न नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले अपील गरेका छन् । पार्टी एकताको विषयमा विभिन्न खाले अफवाह फैलाइएको जिकिर गर्दै उनले एमाले र माओवादी पार्टी एक हुँदैन कि भन्ने अाशंका नगर्न अपील गरे ।

    आज सर्लाहीको बागमतीमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बजारीया हल्लाको पछि नलागी पार्टी एकता हुने कुरामा ढुक्क हुन कार्यकर्तालाई आस्वस्त पारेका थिए ।

     

    अध्यक्ष प्रचण्डले एकताको कुराले एकता बिरोधीहरु परेशान बनेको बताउदै राजनीतिक अस्थिरतामा खेल्नेहरुको दिन बाम एकता संगै सकिने दावी पनि गरे ।

    उनले बर्तमान सरकारले बिकाश र समृद्धिलाइ महत्वकासाथ अघि बढाउने जिकिर गर्दै अब जनताको सुखका दिन शुरु भएको बताए ।

     

    सर्लाही जिल्ला पार्टीका संयोजक डाचाराज वाग्लेको अध्यक्षतामा बागमतीमा भएको कार्यक्रममा २ नम्बर प्रदेश इन्चार्ज बिश्वनाथ साह, केन्द्रिय सदस्य कमल बुढाथोकी ,पोलिट्ब्युरो सद्स्य अच्चुतम काफ्ले ,राधेश्याम पासवान,नेता लुमडी प्रसाद धिमाल लोचन , महिला नेत्री बिनिता दाहल , साबित्रा बुढाथोकी लागायतको आतिथ्यता रहेको थियो भने बागमती नगरपालिकाको समस्या र बिकाश निर्माणको बारेमा नगरपालिकाका मेयर भरत थापाले जानकारी प्रस्तुत गरेका थिए ।

    उक्त अवसरमा अध्यक्ष प्रचण्डले बागमती नगरपालिका स्थित हरिहर क्षेत्रमा फन पार्कको शिलान्यास समेत गरे ।

     

    त्यस्तै आजै उनले सर्लाहीको हरिपूर्वा नगरपालिकास्थित वसतपुरमा मुस्लिमहरुको जल्सामा सरिक भई प्रसाद समेत ग्रहण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...