News Portal

  • सल्लाघारीमा बसले एकाबिहानै उडायो स्कूटर : ट्राफिक बत्ति नबल्दा रोकिएन दुर्घटना

    इभक्तपुर संवाददाताभक्तपुर, १५ बैशाख
    १४४९ पटक
    भक्तपुर, १५ बैशाख

    सल्लाघारीको तीनकुने चोकमा एकाबिहानै दुर्घटना भएको छ । मुटु नै कमाउनेगरि बसले स्कूटर उडाइदिएको एक प्रत्यक्षदर्सीले बताए ।

    काठमाडौंबाट पूर्व हिडेको बा ५७ प ४८३० नम्बरको यात्रुबाहक बसले ट्राफिक लाइट रहेको तीनकुनेको टर्निङमा एक स्कूटरलाई ठक्कर दिदा स्कूटर चालक एक तला जति उडेको बताइएको छ ।

    एकाबिहानै अन्दाजी साढे सात बजे भएको उक्त दुर्घटनामा स्कूटर चालक जिरी-८ दोलखा घर भै हाल सल्लाघारी बस्दै आएकी २५ बर्षिय सम्झना बस्नेत घाइते भएकी छिन् । अचेत अवस्थामा अस्पताल पुर्याइएको उनको होस् खुलिसकेको र अवस्था खतरा मुक्त रहेको प्रहरीले जानकारी गराएको छ ।

    ठिमीस्थित मध्यपुर अस्पतालमा बस्नेतको उपचार भैरहेको महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ ।

    दुर्घटना हुन नदिन राखिएको ट्राफिक लाइट नै दुर्घटनाको कारण बनेको स्थानीयको आरोप छ । ट्राफिक लाइट बिग्रिएको एक हप्ता भैसक्दा पनि सम्बन्धित निकायले नबनाएको प्रति मानिसहरुले आक्रोस पोखेका छन् । बत्तीकै कारण बटुवाहरु लाई बाटो काट्न त् आपत परेको छ नै सवारी साधनहरु पनि ठोक्किने क्रम बढेको छ ।

    ट्राफिक प्रहरी दुर्घटना रोक्न तर्फ़ भन्दा जागिर पकाउन तर्फ़ मात्र केन्द्रित हुदा बटुवा र यात्रीहरुको ज्यान जोखिममा परेको स्थानीयहरुले इभक्तपुरसंग गुनासो गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...