News Portal

  • ४० वर्षभन्दा बढी बाँच्दैनन् महोत्तरी मनहर्वाका मुसहर

    इभक्तपुर संवाददातामहोत्तरी, १८ बैशाख
    ९७४ पटक
    महोत्तरी, १८ बैशाख

    महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका मुसहर (दलित) हरु ४० वर्षभन्दा बढी बाँच्दैनन् । जम्मा १२५ घरधुरी रहेको त्यहाँका मुसहर समुदायका पुरुषको औषत आयु मात्र ४० वर्ष रहेको मनहर्वा बस्तीका महिला मुसहरले बताएका छन् । उनीहरुले मनहर्वाका मुसहर दैनिक अत्यधिक रक्सी खाने गरेका कारण उनीहरु ४० वर्षभन्दा बढी बाँच्ने नगरेको स्थानीय मुसहर महिला निर्मला सदाले बताइन् ।

    त्यहाँका मुसहर बिहान उठ्ने बित्तिकै रक्सी खाने, दिनभरि काम गर्ने, काम गर्दागर्दै दिउँसै रक्सी खाने र फेरि बेलुका कमाएर ल्याएको पैसाको रक्सी खाएर सुत्ने गरेका कारण उनीहरु ४० वर्षमै मर्ने गरेको स्थानीय तुलसी सदाले बताइन् ।

    दुई वर्ष पहिले मात्र ३३ वर्षको उमेरमा अत्यधिक रक्सी खाएकै कारण स्थानीय दुखा सदाको मृत्यु भएको सुनाउँदै उनकी पत्नी इन्दु सदाले यहाँका कुनै पनि मुसहर ४० वर्षभन्दा बढी बाँच्ने नगरेको एकमात्र कारण अत्यधिक रक्सी सेवन गर्नु रहेको बताइन् ।

    मनहर्वा बस्तीका पुरुष मुसहर दिनरात रक्सी खाने, झै झगडा गर्ने, श्रीमती कुट्ने, बालबालिकालाई नपढाउने र दैनिक रोजगारीबाट आर्जन गरेको अधिकांश पैसा रक्सीमा खर्च गर्नाले उनीहरुको अवस्था अति नै दयनीय रहेको महिलाले सुनाए ।

    त्यस बस्तीमा कुनै पनि मुसहरको घरमा टिनको छानो वा पक्की घर छैन । सबैका घर खर, बाँस तथा झारपातबाट बनेको र सबैको छानो चुहिने अवस्थाका छन् ।

    दैनिक रक्सी खाएका पतिबाट पीडित तथा अनेकौँ समस्याबाट पिल्सिएका त्यस बस्तीका महिलाले यस बस्तीमा रक्सीमाथि प्रतिबन्ध लगाइदिन स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग माग गरेकाे गोरखापत्रमा खवर छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...