काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ईश्वर खोजेर ल्याउन माग गरेका छन् । उनले प्रतिनिधिसभा बैठकमा सरकारसँग यस्तो माग गरेका हुन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा उनले भने , ”सरकारले ईश्वर खोजेर ल्याइदिनु पर्यो”
सरकारले पेश गरेकाे अध्यादेशमा ‘ईश्वरका नाममा सपथ खानेछु’ भन्ने प्रावधानप्रति आपत्ति जनाउँदै सांसद सुवालले सरकारले ईश्वर खोजिदिनुपर्ने माग गरेका हुन् ।
”ईश्वरको नाममा सपथ किन खानुपर्यो, यदि खानै पर्ने भए ईश्वर देखाउनुपर्यो, नत्र त्यो प्रावधान हटाउनुपर्यो” संसदमा सुवालले भने ।
सरकारले पेश गरेकाे ३ वटा अध्यादेशमा नेमकिपाले असहमती राखेको छ ।