News Portal

  • सुनकाण्डका अभियुक्तले अदालतमा बयान फेरे

    इभक्तपुर संवाददाताकाठमाडौं, २७ बैसाख
    ६०१ पटक
    काठमाडौं, २७ बैसाख

    साढे ३३ किलो सुन र सनम शाक्य हत्याको अभियोगमा पक्राउ परेका टेकराज मल्ल ठकुरी बयान फेरेका छन् । उनले अदालतसामू सुन तस्करी गरेको स्वीकार गर्दै सबै काम चुडामणि उप्रेती ‘गोरे’को योजना भएको बताएका छन् ।

    मल्लले यसअघि गृह मन्त्रालयको अनुसन्धान टोलीलाई दिएको बयान फेरेका छन् । उनले सनम शाक्यको हत्या र सुन तस्करीदेखि शाक्यको शव व्यवस्थापन गर्ने मामिलामा प्रहरी अधिकारीहरुको संलग्नताबारे आफ्नो बयान फरेका हुन् ।

    अदालती बयानमा टेकराजले गोरेको सल्लाहअनुसार पटक पटक दुबई गएको र प्रत्येक पटक आउँदा सुन ल्याउने गरेको स्वीकार गरेका छन् । उनले भने, ‘त्यो सुन मैले प्लेनभित्रै छाडिदिन्थेँ । पछिल्लो पटक हराएको साढे ३३ केजी सुन पनि म र एक जना नाम थाहा नभएको मानिसले ल्याएका हौं ।’

    उनले अघि भनेका छन्, त्यो सुन कहाँ कसरी को मार्फत विक्री वितरण हुन्थ्यो मलाई थाहा छैन । सबै कुराको सेटिङ गोरे भन्ने चुडामणि उप्रेतीले मिलाउँथे ।’

    उनले सनम शाक्यलाई गोरेले नै कुटपिट गर्नुका साथै करेन्ट लगाएको बयान दिएका छन् । तर, शाक्यको शव आफूले चलाएको गाडीमा रहेको र प्रहरी टोलीरहरुसँग मिलेर शव व्यवस्थापन गर्न चाहेको पूर्व बयान भने फेरेका छन् ।

    काठमाडौंबाट आएको प्रहरी टोली आफूहरुसँगै इटहरीको गेष्ट हाउसमा ३/४ घन्टा बसेको स्वीकार गर्दै उनले भनेेका छन्, ‘काठमाडौंबाट आएको प्रहरीहरुले गोरेलाई समात्नुपर्छ भन्थे ।’

    सुनकाण्डमा पक्राउ परेका प्रहरी अधिकारीहरु बालकृष्ण संजेल, विकासराज खनाल, प्रजित केसी लगायतको बयान सुनाएपछि टेकराजले अदालतसामू भनेका छन्, ‘गोरे भन्ने चुडामणिले कसरी को कोसँग सम्बन्ध राखी सुन तस्करी गर्थे थाहा भएन । मैले एयरपोर्टमा सुन ल्याउनेसम्म काम गरेको हो ।’

    यस्तै त्रिभुवन विमानस्थलबाट तीन वर्षमा तस्करी भएको ३८ क्विन्टल सुन र सनम शाक्य हत्या प्रकरणमा मुछिएका थाई एयरलाइन्समा कार्यरत सिन्धुपाल्चोकका लालबहादुर मगर (एलबी)सँग मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले ४० लाख रकम धम्की दिएर लगेको खुलेको छ ।

    दुबईमा मेरो मान्छे बन्धकमा छ, जसरी पनि मैले पैसा दिनुपर्छ जे–जति छ मलाई पैसा दिनु नत्र कसैलाई छाड्दिन भनेपछि एलबीसँग भएको ४० लाखमा पहिलो चरणमा १० लाख र दोस्रो चरणमा ३० लाख रकम दिएको बयानमा उल्लेख छ ।

    विमानस्थलमा सुन पार गराउने जिम्मा लिएका मुख्य व्यक्ति सानु बमले आत्महत्या गरेका थिए । तस्करीको सुनबाट आएको कमिशनको रकम भागवन्डामा केही एलबीको हातमा परे पनि त्यसलाई सम्बन्धित ठाउँमा पुराउने जिम्मा वम र गोपालकुमार श्रेष्ठले लिएका थिए ।

    उनीहरूकै नेतृत्वमा सुन तस्करीका लगानीकर्ता भुजुङ गुरुङको घरसम्म आफुले देखेको एलबीले गृह मन्त्रालयको छानविन समिति र अदालतमा बयान दिएका छन् । सनम शाक्य हत्याका बेला एलबी बाबुको श्राद्धका क्रममा काठमाडौंमा नै रहेको खुलेको छ ।

    त्यसअघि गोरेले सुन खोज्ने बाहनामा नै एलबीलाई बारम्बार पाइपले हिर्काएर यातना दिएका थिए । ‘एक किलो सुन पार गराउँदा ३५ हजार आउँछ भन्नेसम्म सुनेको थिएँ, एक पटक ३० र एक पटक ४७ हजार लिएको थाहा छ । अन्य समयमा मैले सहभागीता पनि जनाइन, रकम पनि हात पारिन । कतिपय समयमा अन्यले मेरा नाममा रकम लिने गरेको सुनेको थिएँ’, छानविन समितिले अदालतमा दाखिला गरेको अभियोगपत्रमा एलबीले दिएको बयानमा उल्लेख छ ।

    श्राद्धका लागि काठमाडौं आउने बेला गोरेका मान्छेले धरानबाट २५ सयमा गाडी रिजर्व र प्लेन टिकट काटेको पनि बयानमा खुलेको छ । मगरले सुन आउँछ भन्ने सुनेका थिए तर कसरी आउँछ भन्ने थाहा पाएका थिएनन् । उनी विमानको भर्याङ जोड्ने क्रममा सुन निस्किसकेको थियो । निस्किएको सुनका विस्कुट उनले फोहोरको कन्टेनरमा भने देखेका थिए ।

    हराएको सुनको बारेमा खोजी गर्न गोरेलाई सहयोग गर्दै आएका सनम शाक्यको हत्या भएको खबर गएको २० फागुनको पत्रिकामा पढेर थाहा पाएका एलबी त्यसको तीन दिन अघि नै काठमाडौं आइपुगेका थिए । ‘पत्रिका पढेर मैले त्यस्तो खबर थाहा पाएँ’, उनले भनेका छन् ।

    एलबीलाई कास्की प्रहरीले मुस्ताङबाट सोही प्रकरणको बयानका लागि २२ चैतमा पक्राउ गरेको थियो ।

    बिहीबारबाट अदालतमा बहस

    सुन प्रकरण र सनम हत्याकाण्डका विषयमा विहीबारबाट जिल्ला अदालत मोरङमा पक्ष र विपक्षको बहस हुने भएको छ ।

    मंगलबारसम्म हिरासतमा रहेका अभियुक्तको बयान सकिएको थियो । बुधबार कानुन दिवस परेका कारणले बहस हुन नसकेको मोरङ अदालतले जनाएको छ ।

    सरकारका तर्फबाट ८ जना वकिलले बहसमा भाग लिनेछन् भने अभियुक्तका तर्फबाट ४२ जना वकालतका लागि तयार रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकमा पत्रकार बल्ल सम्मानित, सांसद र एआईजी लगायत १४ जनालाई पनि सम्मान

    पत्रकार मोहन बल्ल सम्मानित भएका छन् । आफ्नै वडाले उनलाई सम्मान गरेको छ । सूर्यविनायक...

    प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता

    prachanda modi

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज...

    वाईसिएलको भक्तपुर जिल्लामा नयाँ नेतृत्व : संयोजकमा उप्रेती र सचिवमा सुवाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालले भक्तपुर जिल्लामा नयाँ...

    संसदमा अरुलाई गालीगलौज गरेर आफ्नो उपस्थिति देखाउने दौडमा म छैन : दुर्लभ थापा

    durlav thapa

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले आफू जनताको प्रतिनिधि भएकाले जनताको...

    सीटीइभीटीको जीप सुनकोशीमा खस्दा २ निर्देशक र एक अधिकृत बेपत्ता

    भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) को जीप सुनकोशीमा खस्दा २ निर्देशक...