News Portal

  • भक्तपुरबाट प्रदेशसभा सदस्य निर्वाचित लामिछानेको स्वास्थ्यमा गम्भीर समस्या

    रमेश गिरीभक्तपुर, ३० बैशाख
    १००८ पटक
    भक्तपुर, ३० बैशाख

    प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।

    रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ मात्रै घर फर्केका उनलाई आइतवार अकस्मात मष्तिस्कघात (ब्रेन ह्यामरेज) भएको हो ।

    चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई आज अचानक ब्रेन ह्यामरेज भएपछि उनको अवस्था गम्भीर भएको नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरका सदस्य एवं स्थानीयवासी निरञ्जन बजगाईंले बताए ।

    लामिछानेको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र उनको अवस्था स्थिर रहेको बताइएको छ ।

    लामिछानेको स्वास्थ्य अवस्था बुझ्न नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाले नेता कृष्णगोपाल श्रेष्ठलगायतका नेताहरु अस्पताल पुगेर उनको अवस्थाबारे जानकारी लिएका छन् ।

    शनिबार मात्रै राराबाट घर फर्केका उनको अवस्था चिन्ताजनक भएपछि अस्पतालमा एमालेका नेता तथा कार्यकर्ताको भीड लागेको छ । उनी नेकपा (एमाले) को तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

    अपडेट : आइतवार अकस्मात मष्तिस्कघात भएका प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन  भएको छ । भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा सोमबार दिउसो १ बजे अस्पतालले उनको निधन भएको घोषणा गरेको छ । लामिछानेका आफन्त, एमालेका नेता कार्यकर्ता एवं भक्तपुरका स्थानीयबासी लगायत उनका शुभचिन्तकहरु मृत्युको खबरले शोकाकुल बनेका छन । 

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...