News Portal

  • दिवंगत सांसद लामिछानेको परिवारलाई सरकारले सहयोग गर्ने

    नेपालवाल संवाददाताभक्तपुर, ७ जेठ
    २६८६ पटक
    भक्तपुर, ७ जेठ

    भनिन्छ राजनितिमा पाउने भन्दा गुमाउने कुरा धेरै हुन्छ । यो भनाइ भक्तपुर १ ‘ख’बाट प्रदेश सभा सदस्य निर्वाचित भएर भर्खरै निधन भएका सान्सद हरिशरण लामिछानेको हकमा ठ्याक्कै लागु हुन्छ ।

    लामिछानेको बैशाख ३१ गते मस्तिस्कघातका कारण अल्पायूमै निधन भ​यो । राजनीतिमा लागेकै कारण उनको परिवारमा भौतिक सुखको सधै अभाव त भैरह्यो नै लामिछानेले लिएको ऋणको बोझले यतिबेला उनको परिवारलाई थप पिरोलिरहेको छ ।

    भूकम्पले भत्कीएको घर बनाउने आर्थिक हैसियत नहुदा टहरामै बस्दै आएका सांसद लामिछानेको नयाँ घरको सपना पूरा हुन त सकेन नै चुनावमा खर्च गर्न लिएको ऋणको भार पनि उनी परिवारलाई छोडेर बिदा भए । उनको श्रीमती १ छोरा र २ छोरी छन ।

    उनको निधनपछि उनको घरमा पुग्ने जो कोहीलाई आर्थिक अभावका बीच अवसान भएका हरिगुरुको झल्झली याद आउछ ।

    यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले लामिछानेको परिवारलाई सरकारको तर्फबाट आर्थिक सहयोग गर्ने बताएका छन् । आइतवार लामिछाने निवास पुगेर भक्तपुर-२ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सो कुराको जानकारी गराएका हुन् । उनले आफ्नो र नेकपाका युवाहरुको तर्फबाट आर्थिक सहयोग समेत हस्तान्तरण गरे । नेकपाका विघठित युवा संघका पूर्वअध्यक्ष द्वय निरु पाल र राजीव पहारी लगायत पनि लामिछाने निवास पुगेका थिए ।

    लामिछानेको परिवारलाई हालसम्म कूल रु ७ लाख आर्थिक सहयोग प्राप्त भएको बताइएको छ । लामिछाने परिवारको अवस्था देखेपछि घरमा समवेदना दिन जानेले अर्थ संकलन गरेर दिन थालेका छन् ।

    चाँगुनारायण नगरपालिका–६ तेलकोट घर भएका लामिछाने २०३९ सालदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय थिए । भक्तपुर जिल्लामा उनले आफ्नो निष्ठा , त्याग र आदर्शलाई जीवित नै राखेर ५१ बर्षको उमेरमा बैशाख ३१ गते मृत्युसंग पराजित बन्न पुगे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...