News Portal

  • कमला नदीको किनारमा पाँच हजार वर्ष पुरानो सभ्यता

    नेपालवाल संवाददाताकाठमाडौँ, १० जेठ
    १५०१ पटक
    काठमाडौँ, १० जेठ

    सिन्धुली, उदयपुर, धनुषा र सिरहा जिल्ला भई बग्ने कमला नदीको सिरहा उत्तरायणी क्षेत्रमा पाँच हजार वर्ष पुरानो सभ्यताको इतिहास फेला परेको दाबी गरिएको छ । कमला उत्तरायणी क्षेत्र प्रदेश १, २, र ३ को सङ्गमस्थल हो ।
    धार्मिक मान्यतानुसार भगवान् कृष्ण र वलरामका बुबा नन्दवावा त्यसबेला कंशले दुःख दिएको अवस्थामा वृज्रवासीहरू ९ लाख गाईसहित त्यस क्षेत्रमा आई बसोबास गरेको अध्ययनले औंल्याएको छ । जुन स्थानबाट गाईहरू प्रवेश गरेका हुन् त्यसको नाम ‘गौद्वार’ भनिएकोमा अहिले गोदार भन्ने गरिन्छ ।
    कमला नदीको किनार धनुषा क्षेत्रमा पर्दछ । खिर पकाएर खाएको ठाउँलाई खिरयानी र दूध जम्मा गरेको ठाउँलाई दुधौली भनिएको स्थान अहिले पनि त्यही नामले सिन्धुली जिल्लामा परिचित छ ।

    यस क्षेत्रको महत्वलाई बोध गरी कमला उत्तरायणी क्षेत्रको धार्मिक र पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले कमला उत्तरायणी वृहत्तर क्षेत्र विकास समिति जगतगुरु वालसन्त मोहनसरण देवको संरक्षकत्वमा स्थानीय तहमा गठन गरिएको छ ।

    समितिले सिरहाको सहलेस, धनुषाधाम, राजा जनक र सीताको इतिहास एवम् भगवान कृष्ण, वलराम, नन्दवावा, गोकुल, मथुरा, वृन्दावनसँगको धार्मिक सम्बन्ध विकासका लागि पहल गर्ने जनाइएको छ ।

    कमला उत्तरायणीस्थित संगममा शिवपार्वती कुण्डमा कुंदी आरतीधाम निर्माण गरी ती मूर्तिहरुको अनावरण संयुक्तरुपमा प्रशासनविद् काशीराज दाहाल, सिरहा जिल्लाका प्रजिअ रुद्रप्रसाद पण्डित, कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवान र तपस्वी ऋषी वावालगायतले गरेको खबर गोरखापत्रमा छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा रामायण सर्किटको उद्घाटन गरेको सन्दर्भमा कमला उत्तरायणी क्षेत्रसँगसमेत यसको सम्बन्ध रहेकाले क्षेत्रको विकास हुनु आवश्यक रहेको भनाइ स्थानीयवासीको छ ।

    प्रतिकृया दिनुहोस्

    प्रहरी परिसर भक्तपुरकी इन्स्पेक्टर खनाल डिएसपीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)का लागि बढुवा सिफारिस भएका...

    भक्तपुर बहुमुखी क्याम्पसको प्रमुखमा लुइँटेल

    सह प्राध्यापक कविता लुइँटेल भक्तपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त भएकी छन् । उनी गणित...

    भैंसीकै महत्वहिन चर्चा, कृषिप्रतिकाे घाेर अपमान

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सधैँ पूर्वाग्रही आँखाले हेरिरहनेप्रति त केही भन्नु छैन । उनले भारत...

    सूर्यविनायकमा पत्रकार बल्ल सम्मानित, सांसद र एआईजी लगायत १४ जनालाई पनि सम्मान

    पत्रकार मोहन बल्ल सम्मानित भएका छन् । आफ्नै वडाले उनलाई सम्मान गरेको छ । सूर्यविनायक...

    प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता

    prachanda modi

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज...